२०८२ मङ्सिर १ गते सोमवार

बिहीबार मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


दाङ,जेठ २२ । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू—भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखा अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीलगायतका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

कोशीका केही स्थानमा, मधेश र बागमतीलगायत बाँकी पहाडी भू-भागमा तथा बाँकी भू—भागका एक÷दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखा अनुसार उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यस्तै, राति कोशी र मधेशलगायत बागमती र गण्डकीका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

कोशीका थोरै स्थानमा तथा मधेशलगायत बागमती, गण्डकी र कर्णालीका पहाडी भू-भागका एक÷दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च-पहाडी तथा हिमाली भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *