२०८२ असार ७ गते आइतवार

तुलसीपुरलाई उपाधि, दंगिशरण सबै भन्दा अन्तिममा

तुलसीपुर, जेठ १८ । १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तुलसीपुर उपमहानगरपालिकाले जितेको छ । घोराही उपबिजेतामा चित्त बुझाउन बाध्य भएको छ ।

जिल्लास्तरिय प्रतियोगितामा ७६ पदकसहित तुलसीपुरले उपाधि जितेको हो । बेलझुण्डी रंगशालामा शनिबार उपाधिका लागि तुलसीपुर र घोराहीका बीचमा फाइनल खेलहरु भएका थिए ।

अघिल्लो संस्करण १४औं राष्ट्रपति शिल्डमा घोराही बिजेता र तुलसीपुर उपबिजेता बनेका थिए । यसपाली घोराही संग तुलसीपुुरले बदला लिएको छ ।

बिहीबारदेखि सुरु प्रतियोगितामा तुलसीपुरले कुल ३२ स्वर्ण, २२ रजत र २२ काँस्य पदक जितेर प्रथम स्थान हासिल गर्न सफल भएको हो । प्रतियोगिता अन्तरगत घोराही कुल २० स्वर्ण, १६ रजत र १६ काँस्य पदक जित्न सफल भयो ।

प्रतियोगितामा स्थान शान्तिनगर गाउँपालिका तृतिय बन्न सफल भयो । उस्ले पाँच स्वर्ण, छ रजत र १४ काँस्य पदक जितेको हो ।


तीन स्वर्ण, दश रजत र आठ काँस्यसहित २१ प्दक जितेर राप्ती गाउँपालिका चौथो बन्यो ।
त्यस्तै गढवा गाउँपालिका दुई स्वर्ण, चार रजत र दश काँस्य गरि कुल १६ पदक जितेको थियो ।


बंगलाचुली दुई स्वर्ण, तीन रजत र तीन काँस्य गरी आठ पदक जित्दा बबई र राजपुर गाउँपालिकाले समान एक/एक स्वर्ण पदक मात्रै जित्न सके । प्रतियोगितामा बबईले एक स्वर्ण र तीन काँस्य गरी चार पदक जितेको थियो । राजपुरले एक स्वर्ण र एक रजतसहित दुई पदक जितेको थियो ।


दंगीशरण र लमही स्वर्ण पदक बिहीन बने । लमहीले तीन रजत र १२ काँस्य गरी १५ पदक जितेको थियो । सबै भन्दा कम दंगीशरणले तीन काँस्य पदक मात्रै जित्न सक्यो ।

प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *