२०८२ कार्तिक २८ गते शुक्रवार

एउटा पालिका जस्ले आँफैले धानको बीउ उत्पादन गरि किसानलाई अनुदानमा वितरण गर्दै छ

दाङ, जेठ १४ । डुडुवा गाउँपालिकाले किसानलाई धानको बीउ वितरण शुरु गरेको छ ।

यस वर्षदेखि पालिका आफैले वीउ तयार गरेर वितरण सुरु गरेको हो । धानको मूल बीउ उत्पादन गरी पालिकाले उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको थियो ।

समुह र सहकारी गरी जम्मा १४ वटा सहकारीलाई ५० प्रतिशत अनुदानमा धानको वीउ विक्री गरिएको पालिकाका कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले बताए ।

उनका अनुसार १२० क्विन्टल उन्नत जातको र ८० क्विन्टल मूल वीउ किसानलाई सहकारी समुहमार्फत अनुदानमा वितरण भइ सकेको छ ।


८० क्विन्टल मूल वीउलाई किसानले लगाएपछि पालिकाले समय–समयमा प्राविधिकबाट परीक्षण गराई उत्पादनका आधारमा थप मुल वीउ किसानसंग पालिकाले खरिद गरि प्रशोधन तथा भण्डारण गर्ने गरेको कृषि शाखा प्रमुख शर्माले बताए ।

डुडुवामा २५८० हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्छ । तर, यो वर्ष पालिकाले उपलब्ध गराउने वीउ जम्मा १४०० हेक्टर क्षेत्रफललाई मात्रे पुग्ने अनुमान गरिएको छ ।


यो वर्षदेखि पहिलो पटक किसानका लागि धानको वीउ भण्डारण शुरु गरेको डुडुवाले विस्तारै वीउ उत्पादनमा बृद्धि गरिने पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

डुडुवाले पहिलो पटक गहुँको बीउ पनि प्रशोधन गर्ने तयारी गरेको छ ।


करिब दुई सय क्विन्टल गहँु खरिद गर्ने लक्ष्य लिएइको अध्यक्ष चौधरीले बताए । तर, किसानको मागका आधारमा वृद्धि गर्दै जाने कृषि शाखा प्रमुख शर्माले बताए ।


जस्का लागि हाल गहँु बालीको प्राविधिकमार्फत ल्याब परिक्षण गर्ने कार्य भइरहेको शर्माले बताए ।

किसानलाई पालिकाले आफैँले बीउ वितरण गरेपछि कृषि उत्पादनमा वृद्धि हुने आशा गरिएको छ । त्यस्तै किसान अन्यत्र बीउ खोज्न जानु नपर्ने भएको छ । डुडुवामा करिब ९० प्रतिशत किसान खेतीमा निर्भर छन् ।


त्यही भएर पालिकाले किसानको सहजताका लागि बीउ उत्पादन गरी घरसम्म पुर्‍याउने लक्ष्यका साथ विशेष कार्यक्रम ल्याएको अध्यक्ष चौधरीले बताए ।

उनले बीउमा आत्मनिर्भर बनाउने रणनीति अनुसार बीउ भण्डारण तथा प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको अध्यक्ष चौधरीले जानकारी दिए ।


डुडुवाले आगामी दिनमा सबै कृषि बालीको बीउ उत्पादन तथा भण्डारण कार्य गर्ने लक्ष्य राखेको जनाएको छ । बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवा–२ स्थित सात सय मेट्रिक टन क्षमताको भण्डारण केन्द्र स्थापना गरिएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *