२०८२ असार ७ गते आइतवार

तुलसीपुरमा ४५ दिने ब्यूटीसियन तालिमको उद्घाटन

तुलसीपुर, वैशाख ८ । तुलसीपुरमा ४५ दिने ब्यूटीसियन तालिमको उद्घाटन बिहीबार भएको छ ।

सामाजिक बिकास डिभिजन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख गिरिराज पाण्डेको अध्यक्षता र लुम्बिनी प्रदेशसभा सदस्य सुशिला नेपालीको प्रमुख आथित्यमा तालिमको उद्घाटन भएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसकी नेतृसमेत रहेकी प्रमुख अतिथि नेपालीले दलित महिलाहरु अगाडि बढ्नका लागि शिक्षा संगै सीप सिक्नपनि अति जरुरी रहेको बताइन ।


‘ मुख्य गरि सीमान्तकृत समुदायका महिलाहरु शिक्षाबाट बञ्चित हुँदा पछाडि परेका हुन,’ उनले भने ‘ शिक्षा संगै सीपपनि सिक्न सके दलित महिला आत्मनिर्भर बन्न सफल हुने छन् ।’


सीमानतकृत समुदाय बादी समुदायका महिलाहरुका लागि मात्रै तालिम आयोजना गरिएको हुँदा राम्रो संग सीप सिकेर भविश्यमा आत्मनिर्भर बन्न उनले आग्रह गरेकी थिइन ।


४५ दिने तालिम लगनका साथ सिक्न आग्रह गरेकी उनले फेरि यो भन्दा माथिल्लो स्तरको तालिम आवश्यक परेको खण्डमा त्यस्को पनि ब्यबस्थापन गर्न सकिने बताइन ।

कर्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय दलित समाज कल्यान संघका केन्द्रीय उपाध्यक्ष जोगेन्द्र बिश्वकर्माले मुलुकमा बेरोजगारी बढ्नुको कारण सीप युक्त जनशक्तिको अभावले भइ रहेको बताए ।

सीमान्तकृत समुदाय भित्रको पनि बादी महिलाहरुको लागि मात्रै आयोजना गरिएको तालिमको भरपुर सदुपयोग गरि आँफुलाई आत्मनिर्भर बनाउन आग्रह गरे ।


नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले सीप युक्त दक्ष जनशक्ति संसारको जुनसुकै कुनामा गएपनि टिक्न सक्ने भन्दै आँफुले सिकेको सीप भविश्यमा ब्यबहारमा उतारेर आत्मनिर्भर बन्न आग्रह गरे ।


तालिम आयोजक संस्था ‘ द हलस यूनिसेक्स सैलुन एण्ड एकेडमी सेन्टर’का प्रतिनिधि ऋषिराज लहरे (अरुण)ले जस्को हातमा सीप छ ऊ जहाँ गएपनि आत्मनिर्भर हुने हुँदा मानिस स्वावलम्बी बन्नका लागि सीप अति नै उपयोगी भएको बताए ।

सामाजिक बिकास डिभिजन कार्यालयका लेखा अधिकृत सुरजकुमार बुढाथोकीको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यालयकी कर्मचारी अनिशा भण्डारीले गरेकी थिइन ।

तालिममा तुलसीपुर – ६ र ७ नम्बर वडाका बादी समुदायका २६ महिला सहभागी छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *