२०८२ असार ७ गते आइतवार

दाङका खिमबहादुर सुनारको रोल्पामा ट्याक्टर दुर्घटनामा परि मृत्यु

दाङ, बैशाख २२ ।रोल्पामा ट्याक्टर दुर्घटनामा परि दाङका एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

दाङको घोराही उपमहानगरपालिका – ४ का २९ बर्षीय खिमबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको हो ।

रोल्पाको परिवर्तन गाउँपालिका – ३ बागमारामा गएराति साढे ९ बजेतिर लु.प्र ०२–००१ त ८९ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको थियो ।


चुनबाङ भित्री सडक खण्ड अन्तरगत दुई खोलीदेखि बागमारा तर्फ जाँदै गरेको उक्त ट्याक्टर आँफै अनियन्त्रित भइ सडकदेखि झन्डै ६ मिटर तल खसेको थियो ।

चालक सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रयाक्टरमा चालक सुनार एक्लै सवार रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *