२०८२ बैशाख ३० गते सोमवार

बसमा च्यापिएर ज्यान गुमाउने महिलाको पहिचान खुल्यो

२९ जना घाइतेको उपचार जारी

दाङ, बैशाख ६ । बसमा च्यापिएर ज्यान गुमाउने महिलाको पहिचान खुलेको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङको देउखुरीमा शुक्रबार बेलुकी ६ बजेतिर यात्रु बहाक बस दुर्घटना हुँदा एक जना महिलालाई बसले च्यापेको थियो । जेसिबीको सहयोगमा उनको शब निकालिएको थियो ।


प्रहरीका अनुसार ती महिला घोराही उपमहानगरपालिका – ३ झिङ्नकी की ३५ बर्षीया पुष्पा नेपाली हुन ।

त्यो बस दुर्घटनामा राजपुर गाउँपालिका–५ का ५६ वर्षीय निलसरोज यादवको पनि मृत्यु भएको थियो । उनको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको थियो ।

दुर्घटनामा परि १९ महिला र १० पुरुष गरि २९ जना घाइतेहरुको बिभिन्न अस्पतालहरुमा उपचार जारी छ । घाइतेहरु मध्य दुई जनाको अवस्था गम्भीर छ । १० जनाको मध्यम र १५ जनाको अवस्था सामान्ने रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

अधिकाँस घाइतेहरुको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । केहीको लमही र केही गम्भिर घाइतेलाई बुटवल रिफर गरिएको छ । बस कृष्णनगरबाट दाङ तर्फ आउँदै थियो । भारतीय बजार किनमेल गरि आइरहेका यात्रुहरु दुर्घटनामा परेका थिए ।


पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका – ५ लठ्वामा बेलुकी ६ बजेतिर ना ३ ख ६९९६ नम्बरको तीब्र गतिको बस सडक किनारमै पल्टिएको थियो ।

दुर्घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *