दाङ, बैशाख ४ । रुकुम पश्चिम प्रहरीले एक सय ६० रोपनी क्षेत्रफलमा लगाएको अफिमका बोटहरु नष्ट गरेको छ ।
जिल्लाको आठबिसकोट नगरपालिका – १, २,३,१२ र सानी भेरी गाउँपालिका – ६ मा अवैध रुपमा गरिएको अफिम खेती नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश बिष्टले एक सय ६० रोपनी जग्गामा रोपिएका अफिमका बोट प्रहरी परिचालन गरि खोजेर नष्ट गरिएको बताए ।
प्रहरीले चैत महिनामा जिल्लाका बिभिन्न ठाउँमा पुगेर अफिमका बोटहरु नष्ट गरेको उनले जानकारी दिए ।
प्रकाशित मिति : २०८२ बैशाख ५ गते बिहिवार