दाङ, चैत २८ । बर्दियामा चितुवाको आक्रमणबाट एक जना किसान घाइते भएका छन् । जिल्लाको गुलरिया नगरपालिका – ४ इन्देनी टोलका ६५ बर्षीय बिकुलाल थारु चितुवाको आक्रमणबाट घाइते भएका हुन ।
आफ्नो बारीमा गहुँ काटिरहेको समयमा चितुवाले थारु माथि बुधबार बेलुकी साढे ५ बजेतिर आक्रमण गरेको थियो ।
थारुको बाँया हात र दाँया कानमा चितुवाको आक्रमणबाट घाउ खतहरु लागेका छन् । जिल्ला अस्पताल गुलरियामा उनको उपचार जारी छ ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी ऋषिराम घर्ती मगरका अनुसार घाइतेको अवस्थामा सामान्ने रहेको छ ।
प्रकाशित मिति : २०८१ चैत्र २८ गते बिहिवार
