२०८३ भाद्र ११ गते बिहिवार

दुर्घटनामा श्रीमतिको मृत्यु श्रीमान घाइते

दाङ, चैत २७ । कैलालीमा दुर्घटनामा परि श्रीमतिको मृत्यु भएको छ । श्रीमानको उपचार जारी छ ।

जिल्लाको जानकी गाउँपालिका – ५ अमौराकी ४४ वर्षीया हरु बडुवालको उपचारका क्रममा बिहान ६ बजे मृत्यु भएको हो । उपचारका क्रममा उनको टिकापुर अस्पतालमा मृत्यु भएको थियो ।

उनका श्रीमान ५५ वर्षीय मानबहादुर बडुवालको उपचार जारी छ । मानबहादुरको पनि दाहिने खुट्टा फ्याक्चर भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी कबिन्द्र सिंह बोहराले बताए ।

टीकापुरबाट लम्कीतर्फ जाँदै गरेको सु. प. प्र. ०१–००१ ज १५९८ नम्बरको हायस गाडीले दम्पति सवार साइकललाई बिहान ५ बजेतिर जानकी – ५ अमौरामा ठक्कर दिएको थियो ।

चालक भनजी नगरपालिका – ६ का २८ बर्षीय केदार चौधरीसहित गाडी इप्रका टिकापुरको प्रहरीले नियन्त्रणमा छ ।

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *