दाङ, चैत २७ । कैलालीमा मन्दिर पछाडि एक युवकको शब फेला परेको छ ।
जिल्लाको गोदावरी नगरपालिका –९ स्थित दुर्गा मन्दिरको पछाडि बुधबार बिहान अन्दाजी ३६ बर्षीय युकको शब फेला परेको इलाका प्रहरी कार्यालय अत्तेरियाका प्रमुख डिएसपी गंगा थापाले बताए ।
हत्या गरिएको ब्यक्तिको पहिचान खुली सकेको छैन ।
डिएसपी थापाका अनुसार टाउकोमा ढुँगा प्रहार गरि ती युवकको हत्या गरेको देखिएको छ ।
घटना गएरातिको भएको अनुमान गरिएको छ । प्रहरीले बिहान मात्रै युवकको शब फेला परेको बारे खबर पाएको थियो ।
बिहान साढे ६ बजेपछि प्रहरी घटनास्थल पुगेको थियो ।
हत्या गरिएका ब्यक्तिको शब पोष्टमार्टमका लागि सेती अस्पतालमा लगिएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको डिएसपी थापाले जानकारी दिए ।
प्रकाशित मिति : २०८१ चैत्र २७ गते बुधवार
