२०८२ चैत्र १ गते आइतवार

बाँकेमा काँग्रेसका युवा नेताको हत्या

दाङ, चैत २२ । बाँकेमा एक जना नेपाली काँग्रेसका युवा नेताको हत्या भएको छ ।


नेपाली काँग्रेस कोहलपुर नगरपालिका – ७ का वडा उपसभापति ३९ बर्षीय दुर्गाबहादुर पुन मगरको लाठी प्रहार गरि हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

पूर्व वडासदस्यसमेत रहेका मगरको स्थानीय रजगडवास्थित झुलुङ्गे पुलमा हत्या लाठी प्रहार बाट हत्या भएको भन्ने खुलेको जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।

कोहलपुर –४ का २३ वर्षीय राजु सुनारलाई हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । मगर मोटरसाइकलमा घर फर्किदै गर्दा उनीमाथि ढुकेर बसेका ब्यक्तिले लाठी प्रहार गरि हत्या गरेको प्रहरीले बताएको छ ।


बिहीबार दिउँसो मगर सुनारका बीचमा बिबाद भएको थियो । मगरले सुनारलाई यति सानै उमेरमा चुरोट गाँजा नखाउ भनेर संझाउन खोज्दा बिबाद भएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

त्यही कुरा मनमा बदलाको भाव राखेर सुनारले बाटो ढुकेर राति साढे ९ बजेतिर घर फर्कि रहेका मगरको हत्या गरेको प्रहरीले बताएको छ ।


स्थानीयले मगरलाई राति कोहलपुर मेडिकल कलेज पुर्‍याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

यसैबीच नेपाली कांग्रेस बाँकेले आफ्ना वडा उपभापति मगरको हत्याको बिरोध गर्दै हत्यामा संलग्न ब्यक्तिहरुको पहिचान गरि कानुनी कारबाहीको माग गरेको छ ।

काँग्रेस बाँकेका सभापति नारायणप्रशाद गौंडेलले बक्तब्य मार्फत पार्टीको कार्यक्रममा सहभागी भइ घर तर्फ फर्किने क्रममा राजनीतिक प्रतिसोधका कारण एक समुहले हत्या गरेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *