२०८२ बैशाख ३० गते सोमवार

को हुन,राप्ती बबइको स्ववियू उपाध्यक्षमा मनोनित रेशम खड्का ?


तुलसीपुर , चैत १९ । राप्ती बबई क्याम्पसको स्ववियू उपाध्यक्षमा रेशम खड्का मनोनित भएका छन् ।


नेपाल बिद्यार्थी संघले खड्कालाई उपाध्यक्षमा मनोनित गरेको हो । मनोनित पछि सोमबार नै उनले पदको सपथ लिएका थिए ।


रेशम यसअघि क्याम्पसको इकाइ उपसभापति भइ सकेका ब्यक्ति हुन । पेशाले उनी ‘डिबी गार्मेन्ट उद्योग’का सञ्चालक मध्यका एक हुन । राप्ती बबई क्याम्पसको ब्यबस्थापन संकाय तर्फ स्नातोक्तर प्रथम बर्षमा उनी यो बर्ष भर्ना भएका हुन ।

दुई बर्ष बर्ष अघि नै ब्याचरलको पढाइ पुरा गरेका उनी गार्मेन्टमा ब्यस्त भएका कारण पढाइमा ब्रेक लागेको थियो । परिस्थितिले पढाइमा ब्रेक लागेपनि विद्यालयदेखि हालसम्म उनी सरासर उत्तीर्ण हुँदै आएका थिए ।

खड्काको पुर्खेउली घर रुकुम पश्चिम हो । एलएलसी उत्तीर्ण पछि उनी अध्यनका लागि दाङ झरेका थिए । हालसालै उनले तुलसीपुरमै घर निर्माण गरि रहेका छन् ।


त्यस्तै नेविसंघले सहायक सचिवमा सुस्मिता केसीलाई मनोनित गरेको छ । नेबिसंघले प्रत्यक्ष तर्फ प्राप्त बहुमतका आधारमा उपाध्यक्ष र सहायक सचिव पदमा आँफुले मनोनित गर्न पाउने सुबिधा अनुसार खड्का र केसीलाई ती पदहरुमा मनोनित गरेको हो ।

चैत ५ गते नेतृत्व चुन्नका लागि भएको निर्वाचनमा नेबिसंघले प्रत्यक्ष तर्फ जति उम्मेदवार मैदानमा उतारेको थियो सबैले चुनाव जितेको थियो । राप्ती बबई क्याम्पसका ऐतिहासिक जित निकाल्ने क्रममा नेविसंघले प्रत्यक्ष तर्फ ११ सिटहरु मध्य १० जना मात्रै उम्मेदवार मैदानमा उतारेकोमा सबैले सहज जित निकालेको थिए ।

अन्तिममा आएर नेविसंघबाट सदस्य पदमा उम्मेदवारी दिएकी एक जना उम्मेदवारले दबाबका कारण उम्मेदवारी झिकेको हुँदा नेविसंघले अर्कौ उम्मेदवार खडा गर्न नसकेपछि दश जना मात्रै उम्मेदवार मैदानमा उतार्नु परेको थियो ।


नेविसंघको एक जना उम्मेदवार कम भएपनि बिपक्षी टिमबाट उम्मेदवारी दिएका संयुक्त विद्यार्थी प्यानलबाट निर्वाचित हुने एक्ला उम्मेदवार दिलिप शर्मा (दीपक) पनि नेविसंघकै हुन ।


नेविसंघले समानुपातिक सूचिमा राखेका निश्चलसिंह बिष्ट, प्रिया सेन, चन्द्रप्रकाश केसी र बिकास न्यौंपानेले निर्वाचित भएका थिए ।

त्यस्तै नेविसंघको बिपक्षी पदबाट समानुपातिक सुचिकी सदस्य पदमा राखिएकी संयुक्त प्यानलकी पूर्णिमा बस्नेत (सपना) पनि नेविसंघकै हुन । प्रत्यक्ष तर्फ १० सिट र बहुमतका आधारमा दुई जना मनोनित गरेको नेविसंघले एक्लै समानुपातिकसहित कुल १६ सिट जित हासिल गरेको छ ।

संयुक्त विद्यार्थी प्यानलबाट नेबिसंघकै शर्मा प्रत्यक्ष निर्वाचित हुँदा संयुक्त प्यानलकी बस्नेत समानुपातिकबाट निर्वाचित भएकी हुन । यी सबैलाई जोड्दा कुल २१ सदस्य कार्यसमिति मध्य नेबिसंघको योगफल १८ हुन जान्छ ।


नेबिसंघको बिरुद्धमा संयुक्त प्यानल खडा गरि उम्मेदवारी दिएका मध्य नेकपा (एमाले) निकट अनेरास्ववियूका कमल कँडेल, नेकपा (माओबादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) का भद्रबहादुर खत्री (भुपेश) र नकेपा (बिप्लब) निकटको (अखिल) समाजबादीका हमेन्तप्रकाश वली समानुपातिक तर्फबाट सदसय पदमा निर्वाचित भएका छन् ।


यि सबैले सोमबार पद तथा गोपनियताको सफथ लिएका थिए ।
यसैबीच सोमबार नै बसेको नव निर्वाचित स्ववियूको पहिलो कार्यसमिति बैठकले बिगत १६ बर्षदेखि ताल्चा लाग्दै आएको स्ववियू कार्यालय खोल्ने निर्णय गरेको छ ।

स्ववियू कार्यालय खोलेर बिद्यार्थीको हकहितमा काम गर्ने तथा शैक्षिक सुधारका लागि सहयोगी भूमिका निर्वाह गर्ने निर्णय गरेको स्ववियू सदस्य हेमन्तप्रकाश वलीले बताए ।


त्यस्तै बैठकले स्ववियूको अघिल्लो कार्यसमितिबाट तत्काल आय ब्यय पेश गर्न ताकेतापनि गरेको छ । यो भन्दा पहिले राप्ती बबई क्याम्पसमा नेविसंघकै अनिल कार्की स्ववियू सभापति थिए ।

बिगतमा लामो समयसम्म निर्वाचन हुन नसकेपछि अदालतले नै स्ववियू खारेजी गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *