दाङ, चैत १७ । अर्घाखाँचीमा नुहाउन गएका दुई जनाको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको भूमिकास्थान नगरपालिका–१० पुयापाटाका १९ वर्षीय दिलीप नेपाली र १७ वर्षीय अशोक नेपालीको मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।
जिल्लाका निमित्त प्रहरी प्रमुखसमेत रहेका प्रहरी निरीक्षक पौडेलले भूमिकास्थान नगरपालिका–१० को छिर्लिंङ खोला र झिमरुक खोलाको दोभान (रह) मा पौडी खेल्ने क्रममा उनीहरुको शनिवार दिउँसो साढे ४ बजेतिर डुबेर मृत्यु भएको बताए ।
डुबेको अवस्थामा अचेत फेला परेका उनीहरुलाई उद्धार गरि जिल्ला अस्पताल सन्धिखर्च पुर्याए लगतै चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक पौडेलले बताए ।
प्रकाशित मिति : २०८१ चैत्र १७ गते आइतवार