२०८२ कार्तिक २९ गते शनिवार

दाउरालिन जाँदै गरेको मिनी ट्रक दुर्घटना – ३ जना घाइते

दाङ, चैत १० । रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् ।


घाइते हुनेहरु रुन्टीगढी गाउँपालिका – ७ का चालक ३२ बर्षीय महेन्द्र थापा, सोही ठाउँका ३५ बर्षीय महेन्द्र थापा र २० बर्षीय बिबेक थापा रहेका छन् ।


शनिबार बेलुकी साढे ५ बजेतिर सालिवाङ हुलाकी डाँडा भित्री सडक खण्डमा सालिवाङ तर्फ दाउरा लिने जाने क्रममा रा १ ख १२८७ नम्बरको मिनी ट्रक ब्रेक फेल भइ दुर्घटनामा परेको थियो ।
घाइते तीनै जनालाई उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।

ट्रक सडकदेखि झन्डै १०० मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *