२०८२ बैशाख ७ गते शनिवार

आर्मीले गण्डकीलाई ६ विकेटले जित्यो


छवि पुरी, दाङ, चैत ८ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ।

दाङमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आर्मीले गण्डकीलाई ६ बिकेटले पराजित गरेको हो ।

गण्डी प्रदेशले दिएको ११७ रनको लक्ष्य २६ दशमलव ५ बलमा ४ विकेटको क्षतिमा १३९ बल अगावै पूरा गरेको थियो ।
आर्मीका तृतराज दासले ६८ बलमा ३ चौकासहित ३७ रन जोडे । त्यस्तै बसिर अहमद ३८ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा अविजित रहे ।


इमरान सेखले १६ बलमा १ चौकासहित १२ रन जोड्दा भीम सार्की १५ बलमा १ चौकासहित १४ जोडेर आउट भए ।
सोमपाल कामीले २१ बलको सामना गर्दै १० रनमा अविजित रहे ।


त्यस्तै गण्डकीका चन्द्र पौडेलले ६ ओभरमा २३ रन दिएर १ विकेट लिए । विपिन खत्रीले ४ ओभरमा २० रन दिएर १ विकेट लिँदा सुवास भण्डारीले ७ दशमलव ५ ओभरमा १ विकेट लिए। सुदीप अर्यालले ४ ओभरमा २२ रन दिएर १ विकेट लिए ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी प्रतियोगिता अन्तरगत यसअघिको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकी पदेशले ३० दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन जोडेको थियो ।

गण्डकीका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ३३ रन बनाएका थिए। उनले ४९ बल खेल्दै ४ चौकाको मद्दतमा ३३ रन जोड्दै साहब आलमको बलमा बोल्ड आउट भए ।


पहिलो विकेटका लागि १२ दशमलव ३ ओभरमा ४६ रनको साझेदारी गरेका अर्जुन र समिर कँडेलको विकेट पतनपछि गण्डकीका अरुका खेलाडी सस्तैमा समेटिए ।


समिर ८ रन जोडेर साहब आलमको बलमा पहिलो विकेटका रुपमा आउट भएपछि गण्डकीका अरु खेलाडीले पारी सम्हाल्न संघर्ष गर्नु परेको थियो ।


दीपक डुम्रे १९ रनमा, कमल परियार १७ रनमा, कप्तान विपिन खत्री १५ रनमा आउट भएका थिए । यि बाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।


आर्मीका साहब आलमले एक्लै पाँच विकेट लिएका थिए । उनले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ५ विकेट लिए ।
कुशल मल्लले १० ओभरमा १ मेडनसहित २४ रन दिएर २ विकेट लिँदा नरेन साउदले ३ बलमा १ रन दिएर २ विकेट लिएका थिए ।


आर्मीलाई जीत दिलाउन महत्वपूर्ण पाँच विकेट लिएका साहब आलम ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

अहिलेसम्म ७ खेल खेलीसकेको आर्मी ६ मा जित र १ मा हार व्यहोर्दै १२ अंकका साथ दोस्रो स्थानमा यथावत रहँदा समान ६ खेल खेलीसकेको गण्डकी प्रदेश १ खेलमा जीत र ६ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको दशौँ स्थान अर्थात पुछारमा छ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमको सहभागिता छ ।

फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता जारी प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुने छ । खेल राउण्ड रोविनका आधारमा खेलाइएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *