२०८३ असोज २६ गते सोमवार

घोराहीमा टिप्परको ठक्करबाट ६ बर्षे बालकको मृत्यु

तुलसीपुर , असोज २६ ।


घोराहीमा ६ बर्षे बालकको टिप्परको ठक्कर बाट मृत्यु भएको छ ।
जिल्लाको घोराही उपमहानगरपालिका – ३ कुइरेपानीका ६ बर्षीय राजन अधिकारीको आइतबार बेलुकी टिपप्रको ठक्कर बाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार बेलुकी पौने ६ बजेतिर घोराहीदेखि लमही तर्फ जाँदै गरेको रा १ ख २५११ नम्बरको टिपरले घोराही – ३ कुइरेपानीमा पैदल हिडिरहेका बालकलाई ठक्कर दिएको थियो ।


गम्भीर घाइते बालकलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याउँदा चिकित्सकले चेकजाँच पछि सवा ६ बजेतिर मृत घोषणा गरेका थिए ।
टिप्पर चालक जिल्लाको तुलसीपुर उपमहागनरपालिकाका – १४ का २६ बर्षीय राजकुमार श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् । प्रहरीले दुर्घटनाको अनुसन्धान भइ रहेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *