तुलसीपुुर , फागुन ४ । तुलसीपुरको बिजौरी नजिकै सोमबार दिउँसो बस पल्टिदा १४ जना यात्रु घाइते भएका छन् ।
प्रहरीका अनुसार मोटरसाइकल चालकलाई जोगाउन खोज्दा बस दुर्घटना बस दुर्घटनामा परेको थियो ।
।
घाइते मध्य एक जनाको अवस्था गम्भीर रहेको छ । टाउकोमा चोट खेपेकी तुलसीपुर उपमहागनरपालिका – ६ की ६१ बर्षीया धनी केसीको अवस्था गम्भीर छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरका अनुसार केसीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज नर्सिंङहोमका लागि रिफर गरिएको छ ।
अन्य केहीको अवस्था मध्यम र अधिकाँसको अवस्था सामान्ने छ । अन्य सबै घाइतेको तुलसीपुरमै उपचार जारी छ ।
सोमबार दिउँसो घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख ३१२६ नम्बरको बस तुलसीपुर – १८ मनिकापुर नजिकै दुर्घटनामा परेको थियो ।
बिपरित दिशा तुलसीपुर बाट घोराही तर्फ जाँदै गरेको रा ६ प २६२९ नम्बरको मोटरसाइकललाई जोगाउने क्रममा बस सडक किनारको दायाँ भागमा पल्टिएको थियो । मोटरसाइकल चालक र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइतेको को –को हुन ?
१ – तुलसिपुर – १८ बस्ने बर्ष २९ की सुष्मा नेपाली –दायाँ कान बायाँ हात र बायाँ खुट्टामा चोट – सामान्य ।
२ – तुलसीपुर – ६ बस्ने बर्ष ३६ की लक्ष्मी गौतम टाउकोमा चोट – सामान्य ।
३ – तुलसीपुर – ६ बस्ने बर्ष ६१ की धनी केसी टाउकोमा चोट सिरियस – नेपालगञ्ज रिफर ।
४ – तुलसीपुर – १२ बस्ने बर्ष ४० की बुद्धी खत्री ढाडमा चोट – सामान्य ।
५ – तुलसीपुर –७ बस्ने बर्ष ४० का भुपबहादुर बस्नेत टाउको, दायाँ हात र खुट्टामा चोट – सामान्य ।
६ – तुलसीपुर – १२ बस्ने बर्ष ३३ की रिता नाथ – मुखमा चोट – सामान्य ।
७ – तुलसीपुर – ५ बस्ने बर्ष १९ का प्रतिक बुढाथोकी छातिमा चोट – सामान्य ।
८– तुलसीपुर – ५ बस्ने बर्ष १७ का डम्बर बुढाथोकी, बायाँ खुट्टामा चोट– सामान्य ।
९– गाडी धनी – तुलसीपुर – १० बस्ने बर्ष ६२ का झकबहादुर बस्नेत– दायाँ हातमा चोट – सामान्य ।
१०– शान्तिनगर गाउँपालिका – ४ बस्ने बर्ष ३५ की कल्पना पौडेल, दायाँ हात र टाउकोमा चोट – सामान्य ।
११– जिल्ला सल्यान दार्मा गाउँपालिका – १ बस्ने बर्ष १८ की यसोदा वली, निधार बायाँ हात खुट्टामा चोट – सामान्य ।
१२– दाङ दंगिशरण गाउँपालिका –४ बस्ने बर्ष २१ की लक्ष्मी चौधरी टाउकोमा चोट – सामान्य ।
१३– मोटरसाइकल चालक तुलसीपुर – १८ बस्ने बर्ष ३६ को निमबहादुर विक, दुवै खुट्टामा चोट – सामान्य ।