तुलसीपुर , चैत ४ । यमकान्त भण्डारीलाई झ्याट्ट संझिदा तपाँइको मन –मस्तिष्कमा के ख्याल आउँछ ?
उनको कद अग्लो छ । त्यसैले धेरैले उनलाई माया गरि ‘ लम्भु’ वा ‘अग्लो’ मान्छे भनेर बोलाउँछन् । चिन्ने गर्छन । प्राय बजारमा लमक लमक गर्दै पैदल हिडिरहेका भेटिने यमकान्त बारे तपाँइका धेरै सम्बन्धहरु होलान । तपाँइ झनै नजिकबाट चिन्नु हुन्छ होला । तर, तपाँइलाई थाहाँ छ ?
यमकान्त भण्डारीको उचाइ कति छ ? निर्वाचनकै दौडान एक दिन मैले सोधेको थिए – तपाँइको उचाइ कति छ ? उहाँले हाँस्दै भन्नु भएको थियो – म ६ दशमलब २ फिट अग्लो छु । तौल ? १०५ किलो थिए, यो निर्वाचनमा दौडधुप गर्दा घटेर १०१ किलो भएको रहेछु ।
यही अग्लो कदका कारण यमकान्तलाई टाढै बाट सबैले सहजै पहिचान गर्न सक्छन् । यही कदको फाइदा उनले निर्वाचनको अन्तिम दिनमा भरपुर उठाए । मतदाता भित्र प्रबेश गर्दै गर्दा अरनिको मैदान भित्र प्रबेश गर्ने गेटमै उभिएर उनी दिनभर जसो ‘ घडी’ भन्दै कराए ।
त्यसो गर्दा चुनाबी प्रचारका लागि निर्माण गरिएको काजगको ‘घडी’ (पम्पिलेट) मात्रै हैन, उनको नाडीको ‘घडी’ पनि टलक्क टल्किने गथ्र्यौ । उचाइको हिसावले सबै भन्दा अग्ला उनले हात माथि उठाएर ‘घडी’को चिन्ह उचालेको दृष्य रोचक देखिन्थ्यो । त्यो दृष्य नियाल्ने सर्वसाधारण मतदाता उनलाई नियाल्दै हाँस्दै मतदानका लागि भित्र पस्थे ।
दोस्रो कार्यकालका लागि खाने पानीमा निर्वाचित भएपछि यमकान्तको त्यो उचाइ वा लग्लाई झनै थपिएको छ । सामाजिक रुपमा अबका थप तीन बर्ष उनी खानेपानीको नेतृत्वमा रहने छन् । अहिलेको आँकडा अनुसार ११ हजार बढी उपभोक्ताको घर घरमा साँझ बिहान पानी पुर्याउने प्रमुख दायित्व उनकै जिम्मेवारी हुने छ ।
खानेपानी संस्था एक सेवा मुलुक संस्था हो । एक हिसावले भन्दा खेरी सामाजिक कार्यपनि हो । सामाजिक क्षेत्रमा केही गर्ने हुटहुटी सबैमा हुँदैन । किनकी जस अपजस दुबै खेप्न हिम्मत गर्नेहरु मात्रै यस्ता क्षेत्रमा अग्रसर हुन्छन् ।
अग्ला यमकान्तले दोस्रो कार्यकाल जित निकालेर जसरी आफ्नो उचाई थपेका छन् , त्यसैगरि नयाँ केही गरेरै देखाउनु पर्ने चुनौतिपनि संगै थपिएका छन् । कार्यकाल उपलिब्ध मुलक बनाउन उनी अघिल्लो कार्यकाल भन्दा थप रचनात्मक र जिम्मेवार भएर अगाडि बढ्न सक्नु पर्छ ।
हुन त कति पय आलोचकका शब्दमा यमकान्तको जित वा उनको टिमले निकालेको सुखद नतिजा पछाडिको प्रमुख शक्ति नेपाली काँग्रेस हो । काँग्रेस यो पाली एक ढिक्का भइ निर्वाचनमा होमिएको परिनाम अध्यक्ष भण्डारीसहित आठ जनाले सहजै जित निकाल्न संभव भएको कतिपय काँग्रेसकै नेताहरु दाबी गर्छन ।
‘तुलसीपुर खानेपानीमा काँग्रेस पहिलो पटक एक ढिक्का भएपछि यो सुखद परिनाम आएको हो,’ एक जना नेताले भने ‘ हैन, भने यमकात्नको ब्यक्तित्व त्यति धेरै लोभ लाग्दो छैन ।’
तर, सबैका लागि सहज, बोलाउँदा जहाँपनि पुग्ने, अग्लो कदको भएकै कारण सबैले चिन्ने जस्ता कारणहरुले उनलाई सबैले मन पराएको हुनुपर्ने उनले विश्लेशन गरे ।
‘सत्य कुरा के हो भन्दा खेरी यही लम्भुका कारण काँग्रेसमा पहिलो पटक अदभूत एकता देखियो,’ उनले भने ‘ यो लामो भाग्यमानी पनि हो र सुखद नतिजा पछि आन्तरिक रुपमा काँग्रेस जनहरुमा पनि मिल्दाको फाइदा के रहेछ भन्ने मिठो सन्देश प्रवाह भएको छ ।’
यमकान्त भण्डारी नेपाली काँग्रेस भित्र केन्दीय सदस्य दीपक गिरी निकट मानिन्छन् । उनलाई दोस्रो कार्यकालका लागि दोहर्याउन क्षेत्रीय सभापति जगतबहादुर खड्कादेखि तुलसीपुर नगरसभापति सुरेश हमाल सबैको समान भूमिका थियो ।
खास गरि भण्डारीलाई दोस्रो इनिङका लागि मैदानमा उतार्नु पर्छ भन्ने ब्यक्ति नगरसभापति सुरेश हमाल नै थिए । यो कुरा काँग्रेस नेताहरु सहजै स्वीकार गर्छन ।
जे सुकै भएपनि यो पटक पार्टी भित्र खानेपानीको चुनाबमा आन्तरिक एकता र आपसी सहयोग मजबुदत बन्दै गएको देखिएको हुँदा भविश्यमा पनि यस्तै मेलमिलाप युक्त वातावरण निर्माण भए पार्टीका लागि थप सुखद परिनामहरु आउन सक्ने ती नेताले बताए ।
अघिल्लो पटक पार्टीकै युवा नेता पवन बुढाथोकीलाई पराजित गर्दै नेतृत्वमा उदाएका भण्डारी त्यो भन्दा पहिला भने पराजित भएका थिए । सायद यो उनको अन्तिम आँफुलाई प्रमाणित गर्ने अन्तिम कार्यकाल हो ।
उनको अग्नी परिक्षा अब सुरु भइ सकेको छ । सर्वसुलभ रुपमा उपभोक्ताको घरमा शुद्ध पानी पुर्याउन सके प्रशंशा र ताली बटुल्ने छन् हैन भने अनुरुप काम गर्न सकेनन् भने आलोचना र गाली पाउने खतरा रहन्छ ।
आशा छ यमकान्त र उनको पुरै टिमले थप राम्रो काम गर्ने छन् । निर्वाचन पछि कुनैपनि ब्यक्ति साझा बन्छ । राजनीतिक आस्थाका आधारमा ब्यबहारहरु हुने छैनन् । ब्यक्तिगत स्वार्थ राख्ने छैनन् । समाजहितमा काम गर्ने छ्न । काकाकुल तुलसीपुरको प्यास मेटाउन लागि पर्ने छन् ।
भण्डारीले निर्वाचन अघि बबईको पानी लिफ्टिङ गरि अबको एक बर्ष भित्र तुलसीपुर पुर्याउने वाचा गरेका छन् । त्यस्तै उनले झन्डै २९ बर्ष पहिले तुलसीपुर – ३ राम्रीको पहाडी क्षेत्रमा बिच्छाइएका पाइप जिर्ण भएको हुँदा ती सबै परिवर्तन गर्ने कुरा गरेका थिए ।
बिगतमा भण्डारीले सुकुम्बासीको घर आँगनमा धारा वितरण गरि उदारता देखाएका थिए । पानी जीवन हो । जलस्रोतमा (खानेपानी उपलब्धताको हिसावले) विश्वकै दोस्रो धनी देश नेपालमा पानी निशुल्क र सर्वसुलभ बनाउन भण्डारीले भविश्यमा थप मेहनत गर्न सक्नु पर्छ ।
अर्कौ तर्फ पाइप विस्तारका नाममा खनेर भताभुङ्ग पारेको सडक खण्ड छ, त्यो मर्मत गर्नु जरुरी छ । त्यसका लागि पनि उनले महेनत गर्नु पर्ने छ ।
खानेपानीमा तीन बर्षे कार्यकालका लागि नेतृत्व चुन्न शनिबार मतदान भएको थियो । पाँच सदस्यसहित नौं सदस्य पदाधिकारीमा प्रमुख दलहरुले आ–आफ्नो उम्मेदवारहरु मैदानमा उतारेका थिए ।
खानेपानी सामाजिक र सेवा मुलक संस्था भएपनि नेतृत्वका लागि भएको प्रतिष्पर्धा नियाल्दा कुनै संसदीय चुनाबको भन्दा कम थिएन ।
खानेपानीको निर्वाचन भएपनि निर्वाचन दलगत प्रतिष्र्धा भन्दा कम थिएन । आफ्नो नेतृत्वका