तुलसीपुर, चैत ३ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको प्रारम्भिक मत परिनाम सार्वजनिक भएको छ ।
९११ मत गणना गरि सक्दा नेपाली काँग्रेस समर्थित लोकतान्त्रिक प्यानलको अग्रता छ ।
काँग्रेसका अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारीले ९११ मत गणना भइ सक्दा ३७१ मत प्राप्त गरेका छन् ।
निर्वाचन समितिका संयोजक प्रदीप धितालका अनुसार चुनाब चिन्ह भण्डारीले ३७१ मत प्राप्त गर्दा नेकपा माओबादी केन्द्रका उम्मेदवार चुनाब चिन्ह फुटबलका सिताराम शर्माले २९२ मतका साथ पच्छ्याइ रहेका छन् ।
बाघ चुनाब चिन्हका नेकपा एमालेका उम्मेदवार मनोज लामिछाने १८७ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्ष पदमा नेपाली काँग्रेसकै उम्मेदवार नारायणप्रशाद शर्माको अग्रता छ । शर्माले ३३८, राप्रपाका लक्ष्मण केसी २७५ र माओबादीका दुर्गा भण्डारीले १४४ मत प्राप्त गरेका छन् ।
त्यस्तै सचिव पदमा भने नेकपा एमालेका उम्मेदवार भुवन भुसाल केही मतले अगाडि छन् । भुसालले ३३६ मत प्राप्त गरेका छन् ।
उनलाई नेपाली काँग्रेसका उम्मेदवार रञ्जनकुमार शर्माले पच्छ्याइ रहेका छन् । रञ्जनले ३२० मत प्राप्त गरेका छन् । माओबादीका रुद्रबहादुर वलीले १०९ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्ष पदमा काँग्रेसका भोला थापाले ४०८ मत प्राप्त गरेका छन् । उनी प्रतिष्पर्धी भन्दा दोब्बर मतान्तरले अगाडि पुगेका छन् । एमालेकी सुशिला न्यौंपानेले २०९ र माओबादीका कर्णबहादुर वलीले १४३ मत प्राप्त गरेका छन् ।
त्यस्तै महिला सदस्य तर्फ पनि हालसम्म नेपाली काँग्रेसकै उम्मेदवारको अग्रता छ । निर्वाचन समितिका संयोजक धितालका अनुसार सुष्मा अधिकारीले ३२७, लुमा बुढा मगरले ३०१ र शारदी सार्कीले २६३ मत प्राप्त गरेका छन् ।
खुल्ला सदस्य तर्फपनि नेपाली काँग्रेसकै प्रमोदकुमार योगी (शरद) २७९ र बुद्धिराम चौधरी २५७ मत प्राप्त गरेका छन् ।
रातिदेखि मतगणना जारी छ ।
शनिबार भएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा ७ हजार एक सय ९८ मत खसेको थियो ।
खानेपानी संस्थामा १० हजार ९ सय १९ जना मतदाता थिए ।
निर्वाचनमा ३ हजार ७ सय २१ जना मतदाता भोट हाल्न आएनन् ।
तस्बिर : फरककोण ।