२०८२ कार्तिक २२ गते शनिवार

तुलसीपुर खानेपानीको निर्वाचन आज हुँदै


तुलसीपुर, चैत २ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । नया नेतृत्व चयनका लागी बिहान ८ बजेदेखि मतदान शुरु भएको छ ।

बिहान साढे ७ बजेदेखि मतदान हुने भनिएपनि तयारीमा ढिलाई हुँदा बिहान ८ बजेपछिमात्रै मतदान शुरु भएको हो ।

तुलसीपुरको अरनिको मैदानमा शुरु भएको मतदान बेलुका साढे ४ बजेसम्म हुने तालिका छ ।

निर्वाचनले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । निर्वाचनमा विषेशगरी तीन प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका दलहरुका उमेदवार प्रतिष्पर्धामा रहेका छन् ।

निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा यमकान्त भण्डारी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्रबाट मनोज लामिछाने र नेकपा माओवादी केन्द्रसहित सात दलबाट सीताराम शर्मा चुनावी मैदानमा रहेका छन ।

निर्वाचनमा १० हजार ९ सय १९ जनाले मतदान गर्न पाउने निर्वाचन समितिका संयोजक प्रदिप कुमार धितालले बताए ।

उनका अनुसार मतदानका लागि तुलसीपुर खानेपानीबाट वितरण गरिएको परिचयपत्र वा नेपाली नागरिकता अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *