२०८३ जेष्ठ ३१ गते आइतवार

दाङ काँग्रेसको चेतावनी – ‘अविलम्ब किसानलाई मल उपलब्ध नगराए आन्दोलन’


दाङ, असार, १४ । नेपाली काँग्रेस दाङले अविलम्ब किसानको माग सम्वोधन गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । राष्ट्रिय धान दिवसको पूर्वसंध्यामा प्रेस विज्ञप्ति प्रकासित गर्दैै काँग्रेस दाङले अविलम्व किसानको माग सम्वोधन गर्न ध्यानाकर्षण गराउँदै त्यसो नभए किसानको पक्षमा आन्दोलन चर्काउने चेतावनी दिएको छ । जिल्ला सभापति कीर्तिबहादुर खड्का र सचिव शंकरप्रशाद डाँगीको नाम वाट शनिवार जारी विज्ञप्तिमा त्यस्तो त्यस्तो चेतावनी दिइएको छ ।

असार १५ गतेलाई मानो फालेर मुरी फलाउने दिन भनिएपनि किसानलाई रासायनिक मल उपलब्ध गराउन सरकारले कुनैपनि चासो नदिएको हुँदा किसानको आशामा तुसारापात भएको काँग्रेस विज्ञप्तिमा उल्लेख छ । धानको व्याड छिप्पि सक्दा सम्म पनि सरकारले खेतीको लागि किसानलाई आवश्यक पर्ने रासायनिक मल उपलव्ध गराउन कुनै चासो नदिएको विज्ञप्तिमा दोषारोपन गरिएको छ ।

वर्तमान दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारले कृषकको कुनैपनि विषयलाई महत्व नदिएको आरोप लगाइएको छ । काँग्रेसले वर्तमान सरकार किसानमाराको संज्ञा समेत दिएको छ ।

‘मध्य असारसम्म पनि कृषि सामग्रि कम्पनीका गोदाम रित्तो हुनुले जगत हँसाएको र कृषि प्रधान देश भनिए पनि त्यो लज्जाष्पद विषय बनेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, कृषिलाई आधुनिकरण, यान्त्रिकरण र अनुदानका नाममा सरकारले अरबौं रुपैया कृषि क्षेत्रमा विनियोजन गरेको भएपनि खेतीको समयमा मल समेत दिन नसक्नुले कृषि क्षेत्रको आधुनिकरण सफल हुनै नसक्ने काँग्रेसको ठहर छ । किसानको मागलाई छिटोभन्दा छिटो सम्वोधन गर्न माग गर्दै काँग्रेसले खेतीको समयमा किसानको आवाजलाई नजरअन्दाज गरिए राज्य विरुद्ध आन्दोलन चर्काउने चेतावनी पनि दिइएको छ ।

 

प्रकाशित मिति : २०७६ असार १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *