२०८२ मङ्सिर १ गते सोमवार

दैलेखमा रुखले च्यापेर दूई जनाको मृत्यु


दैलेख ,चैत १ । दैलेखमा जंगलमा दाउरा काट्न क्रममा रुखले च्यापेर दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको भैरबी गाउँपालिका – ५ ढाडगाउँका २७ बर्षीय इन्द्रबहादुर शाही र ४९ बर्षीय तर्कबहादुर शाहीले काटेको रुखको हाँगाले लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


स्थानीय सियाला सामुदायिक वनमा दाउरा काट्ने क्रममा काटेको रुखको हाँगाले लागेर उनीहरु दुबै जनाको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालले जानकारी दिए ।
यो घटना शुक्रबार बिहान १० बजेतिर घटेको थियो ।
आमा बालकुमारी शाहीको बार्षिकी कार्यका लागि दाउरा काट्न गएका छोरा इन्द्रबहादुरसहित दुई जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

बालकुमारीको गत बर्ष निधन भएको थियो ।
इन्द्रबहादुर आमाको बार्षिक पुन्य तिथिका लागि आवश्यक दाउराको जोहो गर्न गाउँ घर तथा आफन्त समेतलाई गुहारेर २० जनाको संख्यामा वनमा दाउरा काट्न भनेर गएका थिए । इन्द्रबहादुरले सल्लाको रुख ढाल्ने क्रममा त्यसैले च्यापिएर दुई जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *