तुलसीपुर, फागुन २६ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उम्मेदवारहरुलाई सोमबार निर्वाचन समितिले चुनाब चिन्ह प्रदन गरेको छ ।
नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक प्यानलका अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारीले ‘घडी’ चुनाब चिन्ह पाएका छन् । भण्डारी नेतृत्वको टिमको उपाध्यक्ष पदका उम्मेदवार नारायणप्रशाद शर्माले ‘भाले’ , सचिव पदका उम्मेदवार रञ्जनकुमार गौतमले ‘माछा’ र कोषाध्यक्ष पदका उम्मेदवार भोला थापाको भागमा ‘पुतली’ चुनाब चिन्ह प्राप्त गरेका छन् ।
त्यस्तै भण्डारी नेतृत्वकै टिममा खुल्ला सदस्य तर्फ बुद्धिराम चौधरीले ‘कार’ र प्रमोदकुमार योगी (शरद) ले ‘चस्मा’ चुनाब चिन्ह प्राप्त गरेका छन् ।
त्यस्तै महिला सदस्यहरु तर्फ लुमा बुढा मगरले ‘डमरु’ , सुष्मा अधिकारीले ‘चरा’ र शारदी सार्कीले ‘हात्ती’ चुनाब चिन्ह प्राप्त गरेका छन् ।
एमाले र राप्राका निकटका उम्मेदवार
खाने पानीको चुनाबमा एमाले र राप्रपा मिलेर संयुक्त रुपमा उम्मेदवारी दिएका छन ।
एमाले बाट अध्यक्षमा मनोज लामिछानेले – बाघ चुनाब चिन्ह पाएका छन् ।
राप्रपाका तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार लक्ष्मण केसीले – लालटिन , सचिवमा एमालेका भुवन भुसाल – स्याउ , कोषाध्यक्षमा सुशिला न्यौंपानेले – ताल्चा चाबी चुनाब चिन्ह पाएकी छन् ।
त्यस्तै महिला सदस्यहरुमा एमालेका छमा भण्डारी – घर , प्रमिला तिवारी – दियो र सुशिला वलीले – बन्चरो चिन्ह पाएकी छन् ।
त्यस्तै पुरुष खुला सदस्य पदमा पनि एमालेकै पदमबहादुर खड्का – खरायो र सुकन्ठ न्यौपाने (सुशिल) ले षडकोण चुनाब चिन्ह प्राप्त गरेका छन् ।
माओबादी निकटका उम्मेदवार
त्यस्तै नेकपा माओबादी केन्द्रको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका सीताराम शर्मा आचार्यले ‘फूटबल’ चुनाब चिन्ह पाएका छन् । यो टिमबाट उपाध्यक्षमा दुर्गाप्रशाद भण्डारी – तराजु, सचिपमा रुपबहादुर वली– अटो चुनाब चिन्ह पाएका छन् ।
त्यस्तै खुल्ला सदस्यमा मनबहादुर वली – कमलको फूल र प्रेम कवर – टेक्टर चुनाब चिन्ह पाएका छन् । माओबादीको तर्फबाट महिला सदस्यमा कमला चौधरी – कुकर, मनिसा शेर्पाइली – बल्ब र डिला परियारले – मादल चुनाब चिन्ह पाएका छन् ।
निर्वाचन समितिका संयोजक प्रदीपककुमार धितालका अनुसार उम्मेदवारहरुले आँफै चुनाब चिन्ह रोजेका थिए । सोमबार बेलुका ४ बजेसम्म उम्मेदवारहरुलाई चुनाब चिन्ह प्रदान गर्ने समय सीमा तोकिएको थियो ।
खानेपानीको नेतृत्व चुन्नका लागि चैत २ गते बिहान साढे ७ बजेदेखि दिउँसो साढे ४ बजेसम्म तुलसीपुरको अरनिको मैदानमा मतदानको समय तोकिएको छ ।
त्यो निर्वाचनले तीन बर्षे कार्यकालका लागि ९ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने छ । यसपटक खानेपानीको नेतृत्व चुन्न १० हजार ९ सय ७० जना उपभोक्ताले मताधिकार पाएका छन ।