तुलसीपुर,फागुन २३। दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् ।
घाइते हुनेमा तुलसीपुर उप–महानगरपालिका–१ भम्के निवासी ५६ बर्षीय नेत्रलाल पौडेल, राजपुर गाउँपासिलका–७ निवासी ५० बर्षीय पर्शुराम शाहु र सोही ठाउँकी ३५ बर्षीया नन्दा पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिए ।
प्रहरीका अनुसार तुलसीपुरबाट सितलपुरतर्फ जादै गरेको रा ३ प २५३४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको रा २ प ५२८४ नम्बरको मोटरसाइकल तुलसीपुर–११ उरहरी नजिकै आज बिहान सवा ११ बजेको समयमा आपसमा ठोक्किदा रा ३ प २५३४ नम्बरका मोटरसाइकल चालक नेत्रलाल पौडेल र रा २ प ५२८४ नम्बरका मोटरसाइकल चालक पर्शुराम शाहुसहित सोही मोटरसाइकलमा पछाडी सवार नन्दा पुन घाइते भएका हुन् ।
घाइते मध्य पौडेलको अवस्था गम्भिर रहेकाले थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको र अन्य दुईजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
