२०८२ मङ्सिर १ गते सोमवार

३४ बर्ष अघिको हत्या काण्डमा ८१ बर्षे जितबहादुरका दम्पत्ति पक्राउ

तुलसीपुर, फागुन २१ । ३४ बर्ष पछि २० बर्ष कैद सजाय तोकिएका एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

साबिक हाँसिपुर गाविस वडा नं. १ र हालको राजपुर गाउँपालिका – ९ घर भएका ८१ बर्षीय जितबहादुर नेपाली र उनकी ५६ बर्षीया नमी दमेनी दम्पत्ति पक्राउ परेका हुन ।


इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बस्दै आएका उनीहरुलाई छिमेकी जिल्ला कपिलबस्तुको शिवराज नगरपालिका – १ बाट पक्राउ गरि दाङ ल्याएका हु्न ।

२०४७ /११/०२ गते यो दम्पत्तिले बच्चा जन्माइ हत्या गरि खाडल खनी बारीमा पुरी फरार भएको अभियोग थियो । सोही कतब्र्य ज्यान मुद्दामा जिल्ला अदालतले २०५७/०६/०९ गते सर्वश्वसहित जन्म कैदनको फैसला सुनाएको थियो । त्यसपछि तत्कालिन पुनराबेदन अदालत तुलसीपुरबाट २०५९/०२/०६ गते जन्म कैद २० बर्ष फैसला सुनाएको थियो ।

त्यस्तै सर्बौच्च अदालतले २०६१/०४/१४ गते २० बर्ष कैद सजाएको फैसला सदर गरेको थियो ।
उहिलै देखि फरार रहँदै आएका इप्रका भालुवाङबाट खटिएको प्रहरी टोलीले फागुन १९ गते पक्राउ पछि बुधबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले पक्राउ परेका दम्पत्तिलाई अदालतमा पेश गरिएको र अदालतको आदेशले कारगार चलान गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *