२०८२ साउन १ गते बिहिवार

कर वृद्धि विरुद्ध घोराही उपमहानगर परिशरमा धर्ना

घोराही, फागुन २० । अश्वभाविक रुपमा बृद्धि गरेको कर फिर्ता हुनुपर्ने भन्दै केही अभियान्ताहरुले घोराही उपमहानगरको परिशरमै धर्ना सुरु गरेका छन् ।

अश्वभाविक रुपमा सर्वसाधारण नागरिकको ढाड सेक्ने गरि जग्गा मालपोत र ब्याबसायिक कर वृद्धि विरुद्ध घोराही उपमहानगरकै परिसरमा केही मानिसहरु धर्ना बसेका हुन ।

आँफुलाई सामाजिक अभियन्ता बताउने प्रदीप मज्गंयाले त्यसको नेतृत्व गरेका छन् । धर्ना कार्यक्रममा नागरिक समाज दाङका संयोजक निमबहादुर थापा, लुम्बिनी प्रदेश विकास प्राधिकरणका पूर्व प्रमुख अन्तराज घिमिरे लगाएत ऐक्यबद्धता जनाउँदै धर्नामा पुगेका छन् । धर्ना कार्यक्रम बिहान ११ बजेदेखि ३ बजेसम्म चल्ने छ ।


घोराहीले अश्वभाविक रुपमा कर बृद्धि गरेको बिरोधमा यसअघि नेपाली काँग्रेस घोराही नगरले बिरोध गर्दै आएको थियो ।
नगर सभापति तिलक रावतले कर बृद्धि फिर्ताको माग गर्दै ज्ञापन पत्रपनि बुझाएका थिए भने विरोधमा कार्यक्रमपनि गरेका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *