तुलसीपुर , फागुन २० । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा भोलि (बुधबार) उम्मेदवारले आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने भएका छन् ।
संस्थाको नेतृत्व चुन्न चैत २ गते हुने निर्वाचनका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी दर्ता गर्ने समय प्रदान गरिएको अध्यक्ष एमकान्त भण्डारीले फरककोणलाई बताए ।
यस्तो छ – निर्वाचत समितिको तालिका
निर्वाचन समितिका अनुसार भोलि (बुधबार) मनोनयन दर्ता पछि उम्मेदवारको नामाबली प्रकाशसन सोही दिन बेलुकी ५ बजे गरिने छ । खानेपानीका कर्मचारी चिरण खड्का अनुसार फागुन २२ बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको नामावली उपर दाबी बिरोधको समय तोकिएको छ ।
फागुन २३ गते बेलुका ५ बजेसम्म संशोधित नामाबली प्रकाशन, २५ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।
उम्मेदवारको अन्तिम नामाबली प्रकाशस २६ गते बिहान ११ बजेसम्म तोकिएको छ भने सोही दिन दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारलाई चुनाब चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।
अरनिको मैदानमा हुने छ मतदान
आगामी चैत २ गते संस्थानको नयाँ नेतृत्व चुन्नाको लागि निर्वाचनको मिती तोकिएको छ । त्यो निर्वाचनले तीन बर्षे कार्यकालका लागि नौं सदस्य नयाँ कार्य समिति चयन गर्ने छ ।
निर्वाचन चैत २ गते बिहान साढे ७ बजेदेखि दिउँसो साढे ४ बजेसम्म तुलसीपुरको अरनिको मैदानमा हुने छ । यो बर्ष खानेपानीको नेतृत्व चुन्न दश हजार नौं सय ७० जना खानेपानीका उपभोक्ताले मताधिकार पाएका छन् ।
मेरो पनि उम्मेदवारी पर्छ – अध्यक्ष यमकान्त भण्डारी
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारीले बुधबार आँफुले पनि फेरि अध्यक्ष पदका लागि उम्मेदवारी दिने बताएका छन् । फरककोण संग अध्यक्ष भण्डारीले आँफुले थालनी गरेका अधुरा कामहरु पुरा गर्न जरुरी रहेको भन्दै आँफुले पनि मनोनयन दर्ता गर्ने बताए ।
‘ मलाई सबै नेता र साथीहरुले अहिले थालनी भएका कामहरु राम्रो संग पुरा गर्न तपाँइ फेरि दोहरिन जरुरी छ भन्नु भएको छ,’ उनले भने ‘ म अहिले फेरि निर्वाचित भएपछि हाल भइ रहेका सबै कामहरु राम्रो संग पुरा गर्न सहज हुने छ ।’
तपाँइको टिमबाट को–कस्को उम्मेदवारी पर्दै छ ? भनेर सोध्दा – अध्यक्ष भण्डारीले त्यो कुरा बुधबार दिउँसो ३ बजे पछि भन्ने बताएका थिए ।
बिगतमा उनी नेपाली काँग्रेसको तर्फबाट चुनाव लडेर निर्वाचित भएका थिए । अध्यक्ष भण्डारी काँग्रेस केन्द्रीय सदस्य दीपक गिरी निकट मानिन्छन् ।
स्रोतका अनुसार यतिखेर फेरि एउटा खेमाका काँग्रेस नेताहरुले अध्यक्ष पदमा भण्डारीलाई वचन दिएको हुँदा उनी दौस्रो कार्यकाल निर्वाचित हुन सक्छु भन्ने ठानेर हौसिएका हुन ।
काँग्रेस बृत्तमा चलेको चर्चा अनुसार भण्डारीलाई अध्यक्ष मानेर टिममा उपाध्यक्ष नारायण शर्मा, (छोटे) नारायण, सचिवमा रञ्जन गौतम र कोषाध्यक्षमा पुन – भोला थापालाई उम्मेदवार बनाउने अन्तिम कसरत भइ सकेको छ ।
काँग्रेस तुलसीपुर – ५ का वडासभापति नविन बुढाथोकीले केही नेताहरुले वडा संग सरल्लाह नै नगरी मनोमानी रुपमा टिकट वितरण गरे त्यो स्वीकार्य नहुने बताए ।
‘ संघ, प्रदेश, क्षेत्र र नगरले मात्रै मनोमानी टिकट वितरण गर्न कहाँ मिल्छ,’ उनले भने ‘ म लगाएत अन्य वडा सभापति कसैलाई मनोनयन दर्ता हुनु भन्दा अघिल्लो दिनसम्म खानेपानीको टिकट वितरण वारे कुनै परामर्ष गरिएको छैन ।’
उनले पार्टीमा छलफल गरि एक ढिक्का भइ निर्वाचनमा होमिए काँग्रेसलाई कसैले हराउन नसक्ने पनि बताए । ‘ हाम्रो चाहानामा छलफलबाट एक जना मात्रै उम्मेदवार बनाइनु पर्छ भन्ने हो,’ उनले प्रश्न गरे ‘ एउटै ब्यक्तिलाई कति पटक अवशर दिने ?’
यमकान्त भण्डारी यो भन्दा पहिला खानेपानीको अध्यक्ष पदमा पराजित भएका थिए । दोस्रो प्रयासमा निर्वाचित भण्डारी फेरि पनि दोहरिने हो भने एउटै ब्यक्तिका लागि नौं बर्ष पार्टीले अबशर दिएको ठहर्ने उनले बताए । ‘पार्टीमा क्षमतावान ब्यक्ति धेरै हुनुहुन्छ,’ उनले भने ‘ सबैको सहमति र छलफल बाट कुनै नयाँ अनुहार पठाउन सकेको भए झनै उत्तम हुने थियो नि ।’
काँग्रेसका अधिकाँस नेता काँग्रेसले भैरहवामा आयोजना गरेको प्रशिक्षणमा भाग लिन उतै गएको हुँदा अघिल्लो बर्षको जस्तै गरि यो बर्ष काँग्रेस बृत्तमा गुटगत कुराहरु कम सुनिएको स्रोत बताउँछ ।
यी हुन संभावित उम्मेदवार
हालसम्म खानेपानीको नेतृत्वको लागि बिभिन्न राजनीतिक दल सम्बन्द्ध ब्यक्तिहरुको नाम चर्चामा छ । यद्यपी कसैले पनि हालसम्म आफ्नो उम्मेदवारी घोषणा गरेका छैनन् ।
हालका अध्यक्ष यमकान्त भण्डारी फेरि दोस्रो कार्यकालको लागि दोहरिने चाहाना ब्यक्त गरेका छन् ।
अघिल्लो निर्वाचनमा भण्डारी संग भिडेर पराजय बेहोरेका पवनकुमार बुढाथोकी फेरि पनि अध्यक्ष पदमा भिड्ने तयारीमा रहेको स्रोत बताउँछ ।
‘ बुढाथोकी अघिल्लो पटक भण्डारीसंग झिनो मतान्तरले पराजित हुनु भएको थियो,’ एक नेताले भने ‘ उहाँको स्वभाविक रुपमा हक बन्छ र फेरि पनि उहाँ मैदानमा उत्रदै हुनुहुन्छ ।’
यातायात ब्यबसायी समेत रहेका काँग्रेस नेता बुढाथोकी फेरि पनि मैदानामा उत्तिय पुनः अन्तिम टकराब भण्डारी संगै हुने अनुमानहरु गर्न थालिएका छन् ।
गत निर्वाचनमा बुढाथोकीको प्यानलवाटै निर्वाचित कोषाध्यक्ष बनेका भोला थापापनि नेतृत्वको दाबी गरि रहेका छन । त्यस्तै नेपाली काँग्रेसका पूर्व तुलसीपुर इकाइ सभापति मदन धिताल लगाएतका नेताहरुको नामपनि उत्तिकै चर्चामा छ । अध्यक्ष पदमा काँग्रेसको तर्फबाट बुधबार दिउँसो ३ बजेसम्म क –कस्को उम्मेदवारी पर्छ त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।
चैत २ गते हुने खानीपानी संस्थाको चुनावमा नेकपा एमालेको तर्फबाट हाल संस्थाका सचिब शेबकराम भण्डारी र पूर्व सचिव मनोज लामिछानेको नाम चर्चामा छ । एमालेले पनि आफ्नो पार्टीको तर्फबाट मनोनयनको अघिल्लो दिन सम्म कस्कलाई नेतृत्वमा पठाउने भन्ने कुरा सार्वजनि