२०८२ कार्तिक २४ गते सोमवार

पूर्व प्रहरी कर्मचारीहरु सीप सिकेर आयआर्जनमा जोडिन आवश्यक छ – डिआइजी कार्की


शरद रेग्मी, तुलसीपुर, फागुन १६ । लुम्बिनि प्रदेश प्रहरी प्रमुख डिआइजी दानबहादुर कार्कीले पूर्ब प्रहरी कर्मचारिहरुलाई सीपमुलक कार्यमा जोडिन आग्रह गरेका छन् ।

शुक्रबार दाङको तुलसीपुर उपमहानगरपालिका – ७ स्थित शान्ति पार्कमा इलाका प्रहरी कार्यालय तुलसीपुरले आयोजना गरेको पूर्व प्रहरी कर्मचारीहरु संग ‘मिट एण्ड ग्रिट’ कार्यक्रमलाई सम्बोधन गर्दै डिआइजी कार्कीले पूर्ब प्रहरी कर्मचारीहरु सेवा निबृत्त पछि पनि रचनात्मक काममा जोडिन सक्नु पर्ने बताएका हुन ।


‘तपाँइहरु सेवा निबृत्त भइ सकेपछि पनि कँही न कँही सीप मुलुक कार्यमा जोडिन आवश्यक छ,’ कार्कीले भने ‘ कृर्षी कर्म होस वा अन्य कुनैपनि उत्पादन कार्यमा जोडिएर समाजमा उदारहण प्रस्तुत गर्न तपाँइहरु सक्नु पर्छ ।’

इप्रका तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले पूर्व प्रहरी कर्मचारीहरु संगको अनुभव आदान प्रदान र समाजमा उनीहरुले गरि रहेका कार्यका बारेमा जानकारी आदान प्रदान गर्ने उदेश्यका साथ भेटघाट कार्यक्रम आयोजना गरिएको बताए ।

त्यसअबरमा आयोजित वनभोज कार्यक्रममा पूर्व प्रहरी कर्मचारीका साथै डिआइजी कार्की लगाएका प्रहरी अधिकारीहरुले एउटै मेसमा खाना खाएर आपसमा आपसी अनुभवहरु आदन प्रदान गरेका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *