२०८२ कार्तिक २४ गते सोमवार

तुलसीपुरमा गाडीको ठक्करबाट एक बृद्धा घाइते

तुलसीपुर, फागुन १४ । तुलसीपुरमा बुधबार दिउँसो गाडीको ठक्करबाट पैदल हिडिरहेका एक जना बृद्ध घाइते भएका छन् ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका – ९ बेलुवाका ६५ बर्षीय शिवराज नेपाली छन् ।


बुधबार दिउँसो पौने ३ बजेतिर बसपार्क बाट अटो भिलेज तर्फ जाँदै गरेको भे १ ज १३४४ नम्बरको इभी गाडीले नेपालीलाई ठक्कर दिएको थियो ।

घाइते नेपालीलाई तुलसीपुुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङहोमका लागि रिफर गरिएको छ ।


गाडी चालक शान्तिनगर गाउँपालिका – ५ का ४० बर्षीय इन्द्रबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *