२०८२ बैशाख ७ गते शनिवार

म तुलसीपुर खानेपानीमा काँग्रेस बाट कोषाध्यक्ष पदमा चुनाब लड्छु – पत्रकार शरद रेग्मी

तुलसीपुर, फागुन १२ । पत्रकार शरद रेग्मीले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कोषाध्यक्ष पदमा नेपाली काँग्रेसको तर्फ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।
आगामी चैत २ गते तुलसीपुर खानेपानी संस्थाको निर्वाचनको मिती यसअघि नै तय भइ सकेको छ ।


रिपोटर्स क्लव नेपाल दाङ शाखाका अध्यक्षसमेत रहेका पत्रकार रेग्मीले चैत २ गते हुन गइ रहेको संस्थाको निर्वाचनमा आँफु काँग्रेसको आधिकारिक टिमबाट कोषाध्यक्ष पदमा चुनाव लड्ने फरककोणलाई बताए ।


‘ म कोषाध्यक्ष पदको उम्मेदवार बन्ने गरि तयारीमा जुटि सकेको छु,’ उनले भने ‘ तयारी स्वरुप काँग्रेसका बिभिन्न नेताहरु संग भेटघाट र परामर्ष लिने कार्य जारी छ ।’


एभिन्यूज टेलिभिजनका दाङ सम्बाददातासमेत रहेका पत्रकार रेग्मीले हालसम्म भेटेका सबै काँग्रेस नेताहरुले आफ्नो लागि ग्रिन सिग्लन देखाइ सकेको दाबी गरे ।

‘ आज म काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरी, काँग्रेस क्षेत्र नं. ३ (१) का सभापति देबेन्द्र रिजाल लगाएत संग भेटेर सल्लाह लिदै छु,’ उनले भने ‘यसअघि नै क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का लगाएतका नेताहरु संग भेटेर सल्लाह लिइ सकेको छु ।’
काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी लगाएत संग यो बारेमा यसअघि नै प्रत्यक्ष भेट तथा फोनमा पनि परामर्ष लिइ सकेको उनले जानकारी दिए ।


‘ म अरुवाट होइन खानेपानीको कोषाध्यक्ष पदमा काँग्रेसको आधिकारिक उम्मेदर बन्ने छु,’ उनले भने ‘ नेताहरु सबैले सकारात्मक राय सल्लाह दिएको हुँदा उहाँहरुले विश्वास गरे अवश्य निर्वाचित भइ देखाउने छु ।


खानेपानी सेवामुलक संस्था भएको भन्दै पत्रकार रेग्मीले आँफु निर्वाचित भएको खण्डमा तुलसीपुरको खानेपानी वितरण प्रणालीलाई थप सहज र सलर बनाउन भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरे ।

बिगत लामो समयदेखि तुलसीपुर उद्योग बाणिज्य संघ , त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिको को प्रेस सल्लाहकारको भूमिका रहेका पत्रकार शरद रेग्मी अन्य बिभिन्न संघ संस्थामा आवद्धता रहेको छ । उनी तुलसीपुर क्षेत्रका सामाजिक संघ संस्थामा रुचाइका ब्यक्तिमा पर्छन ।

नेतृत्वको लागि को – को छन् आकाँक्षी
हालसम्म खानेपानीको नेतृत्वको लागि कसैले पनि औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा नगरेपनि बिभिन्न राजनीतिक दल सम्बन्द्ध ब्यक्तिहरुको चर्चा परिचर्चा बजारमा हुन थालेको छ ।


स्रोतका अनुसार अहिलेका अध्यक्ष यमकान्त भण्डारी फेरि दोस्रो कार्यकालको लागि दोहरिन काँग्रेसका नेताहरु संग भेटेर लबिङ गर्दै आएका छन् ।

अघिल्लो निर्वाचनमा काँग्रेसबाटै बागी उम्मेदवारी दिएर झिनो मतले पराजित यातायात ब्यबसायी तथा काँग्रेस नेता पवनकुमार बुढाथोकीपनि नेतृत्वको दौडमा रहेको स्रोत बताउँछ ।

त्यस्तै कोषाध्यक्ष भोला थापापनि नेतृत्वको दाबीमा छन् । त्यस्तै नेपाली काँग्रेसका पूर्व तुलसीपुर इकाइ सभापति मदन धितालको नामपनि उत्तिकै चर्चामा छ ।

नेकपा एमालेको तर्फबाट अहिलेका खानेपानी सचिब शेबकराम भण्डारी र पूर्व सचिव मनोज लामिछानेको नाम चर्चामा छ ।
नेकपा माओबादी केन्द्रको तर्फबाट संस्थाका उपाध्यक्ष सिताराम शर्माले पनि अध्यक्षमा भिड्ने बताउँदै आएका छन् ।

उनले आफ्नो तर्फबाट उपभोक्तालाई भेटेर प्रचार प्रशार सुरु गरि सकेको बताएका छन् ।
हाल तुलसीपुर खानेपानी संस्थामा कुल ११ हजार ६ सय ४ जना उपभोक्ता छन् ।

फागुन १५ गतेसम्म नयाँ उपभोक्ताका लागि अन्तिम समय सीमा तोकिएको छ । यो अबधिमा निबेदन दिइ रकम बुझाउनेहरु मतदाता बन्न सक्ने छन् । त्यो समय भन्दा पछि आउने उपभोक्तालाई भने मताधिकार रहने छैन ।

खानेपानी संस्था सेवामुलक संस्था रहेपनि यस्को नेतृत्वका लागि दलहरुका बीचमा ब्यापक रुपमा राजनीतिक अस्तित्वको लडाइ हुने गरेको छ । तुलसीपुर खानेपानीमा रहेका साढे ११ हजार बढी उपभोक्ता मध्य सबै भन्दा बढी नेपाली काँग्रेस आवद्ध उपभोक्ता रहेको स्रोत बताउँछ ।

तर, काँग्रेस भित्र धेरै जना नेतृत्वको आकाँक्षी रहँदा बिगतदेखि नै आपसी टकराब हुँदै आएको छ । जस्को लाभ अन्य दलसम्बन्ध उम्मेदवारले उठाउँदै आएका छन् ।


यसअघि नेत्र बिक्रम चन्द्र बिप्लव निकट मानिने खेमराज वली पटक पटक निर्वाचित भएका थिए । अधिकाँस मतदाता महिला हुनु र लोकप्रियता लगाएतका कारणले वलीले लगातार दशक बढी नेतृत्वमा पुग्न सफल भएको आजपनि बिश्लेशन हुँदै आएको छ ।


अब आउने निर्वाचनमा कुन दलबाट को–को उम्मेदवार बन्छन र कस्ले नेतृत्वमा बाजी मार्ला भन्ने सवाल यतिखेर चर्चाको बिषय बन्न थालि सकेको छ । अहिले देखि नै बिभिन्न संभावित उम्मेदवारका बारेमा उपभोक्ताहरुले चासो ब्यक्त गर्न थालेका छन् ।

अब चैत २ गते हुने निर्वाचन पछि खानेपानीको नेतृत्वमा को पुग्ला ? त्यो भने प्रतिक्षाको बिषय बनेको छ । त्यसका लागि चैत ३ गतेसम्म कुर्नुपर्ने भएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *