२०८३ असार २७ गते शनिवार

आफ्नै काका र काकीको हत्या आरोपमा भतिज पक्राउ

दाङ, फागुन ११ । प्यूठानमा आफ्नै काका र काकीलाई घन प्रहार गरि हत्या गरेको आरोपमा भतिज पक्राउ परेका छ्न ।

प्यूठानको माण्डवी गाउँपालिका–२ रातामाटे ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियारको सुतेको समयमा घन प्रहार गरि हत्या गरेको आरोपमा भतिज ३४ बर्षीय पंकज नेपालीलाई पक्राउ परेका छन् ।


प्यूठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालले परियार दम्पतीको हत्या आरोपमा रामबहादुरका सहोदर दाजुका छोरा पंकज पक्राउ परेको जानकारी दिए ।

‘ पक्राउ परेका ब्यक्तिले कसुर स्वीकार गरि सकेका डिएसपी बस्यालले बताए ।
आँफुलाई अंकल अण्टीले संधै गाली गर्ने र नराम्रो मान्ने हुँदा हत्या गरेको भन्ने बयान उनले प्रहरी समक्ष गरेका छन् ।
पंकज र हत्या गरिएका उनका काका काकीको घर झन्डै ६० मिटर मात्रै दक्षिणमा पर्छ ।

परियार दम्पतीको हत्या पछि प्रहरीलाई उनै पंकजले सबै भन्दा पहिला सूचना दिएका थिए ।


आँफुलाई संधै गाली गलौज गर्ने, घरमा जाँदा पनि नआइज भन्ने, अहिले सम्म एउटा केटीपनि पाउन नसकेको ‘थारो’ भन्ने , बिभिन्न समयमा झैंझगा भइ रहने जस्ता कुराहरुका कारण पंकजले काका काकीको हत्या गरेको प्रहरीले बताएको छ ।

प्रहरीले हत्यामा प्रयोग भएको रगतसहितको घन र रगत पुछेको बल्याङकेटपनि घटनास्थल भन्दा झन्डै ५० मिटर दक्षिण पंकजको घर नजिकै बारीमा आइतबार बिहान मात्रै फेला पारेको थियो ।


शुक्रबार राति साढे १० बजेतिर अत्यधिक मदिरा सेवन गरि हत्या योजनाका साथ पंकज काका रामबहादुरको घरको दोस्रो तलमा रहेको झ्यालबाट प्रबेश गरि झ¥याङबाट भूइ तलामा झरेका थिए ।

त्यसपछि काका काकी सुत्ने कोठामा गइ हेर्दा उनीहरु निदाइ रहेको देखेपछि त्यही कोठाको ढोका छेउमा राखिराखेको घन उठाएर पालैपालो काका काकीलाई ३÷ ३ पटक टाउकोमा प्रहार गरि बिभत्स हत्या गरेको कुरा पंकजले प्रहरीलाई बयान गरेका छन् ।

घन प्रहार गरि काका र काकीको हत्या पछि पंकजले काकी हुकुमा परियारको पटुकामा रहेको २२० रुपैयाँपनि झिकेर लगेर गएका थिए ।

त्यो रकम मध्य दुई सय रुपैयाँ खर्च गरि सकेको र २० रुपैयाँ घरमा रहेको पाइन्टको गोजीमै रहेको भन्ने बयान गरेपछि प्रहरी दिउँसो उनको घरमा त्यो पाइन्ट र २० रुपैयाँ खोज्नका लागि पुगेको थियो ।

डिएसपी बस्यालले पंकजको बयान अनुसार घरको पाइन्टको गोजीमा हेर्दा ठिक २० रुपैयाँ मात्रै फेला परेको जानकारी दिए ।

शनिबार दिउँसो १२ बजेसम्म पनि घरको ढोका नखोलेको तथा उनीहरु घर भित्र संकाष्पद अवस्थाका देखिएको भनेर सबै भन्दा पहिला प्रहरीलाई खबर पंकजले नै दिएका थिए ।

पंकजकै सूचनाको आधारमा प्रहरी पुगेर हेर्दा परियार दम्पती मृत अवस्थामा फेला परेका थिए । पंकजले अपराध कर्मबाट जोगिन तथा प्रहरीलाई भ्रमित पार्ने योजना अनुरुप सबै भन्दा पहिले आँफैले सूचना दिएको प्रहरीले बताएको छ ।
परियार दम्पतीको घटना अनुसन्धानका लागि भैरहवाबाट तालिमप्राप्त कुकुर झिकाइएको थियो ।

परियार दम्पती घरमा एक्लै बस्दै आएका थिए । उनीहरुका चार छोरा रोजगारीको सिलशिलामा छिमेकी देश भारतमा बस्दै आएका छन् भने दुई छोरी बिबाह पश्चात दाङमा बस्दै आएको प्रहरीले बताएको छ ।

प्रहरीले २४ घन्टा पछि हत्यामा संलग्न ब्यक्ति पक्राउ गर्न सफल भएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *