तुलसीपुर, फागुन ३ । तुलसीपुर उपमहानगरपालिका – ६ रजौरास्थित कमल पोखरी ब्यबस्थापनका लागि एक समिति निर्माण भएको छ ।
शनिबार कमलपोखरीस्थित भूँयार थानको हलमा वडाका पूर्व वडाध्यक्ष गोविन्दप्रशाद रजौरेको अध्यक्षतामा बसेको भेलाले ‘कमल पोखरी बहुउदेश्य पर्यटन केन्द्र’ गठन गरेको हो ।
जस्को संयोजकमा तुलसीपुर – ६ का पूर्व वडाध्यक्ष नवराज लामिछाने छन् । गठित समितिको उपसंयोजक पूर्व शिक्षक बिष्णु आचार्य चयन गरिएका छन् ।
त्यस्तै सचिवमा डिल्लीराज रेग्मी र सहसचिवमा शिक्षक शालिकराम वलीलाई चयन गरिएको छ । ‘कमल पोखरी बहुउदेश्य पर्यटन केन्द्र’को जनसम्पर्क अधिकृतमा अमर चौधरीलाई चयन गरिएको छ ।
भेलामा नेपाल पत्रकार महासंघ दाङ शाखाकी उपाध्यक्ष नारायणी रजौरे लगाएत दर्जन बढी बक्ताहरुले कमल पोखरीको संरक्षण र थप विकासको लागि समुदायले हातेमालो गरेर काम गर्नुपर्ने सुझाएका थिए ।
तुलसीपुर बजार नजिकको कमल पोखरी झन्डै एक सय बर्षदेखि अस्तित्वमा रहेको पूर्व वडाध्यक्ष गोविन्दप्रशाद रजौरे लगाएतका अग्रजहरुले अवगत गराएका थिए ।
तुलसीपुरको गौरवको योजनाका रुपमा पूर्व अध्यक्ष नवराज लामिछानेको पालमा यस्को गुरुयोजना र डिपीआर तयार पारी पोखरीलाई आधुनिक बनाउने कार्य सरु भएको थियो ।
ऐतिहासिक पोखरी संरक्षणका साथै सरसफाइमा समुदायले आपसमा हातेमालो गर्ने निर्णय गरेको छ । यो कमलपोखरी बिगत पाँच बर्ष भन्दा लामो निर्माण कार्यपछि यही बर्ष निर्माण पुरा भएको हो ।
यस्मा प्रदेश सरकार, तुलसीपुर नगरपालिका र तयार नेपालको बिकास परियोजना यूएसए आइडी लगाएतको झन्डै दुई करोड १० लाख बढी खर्च भएको छ ।
पछिल्लो समय ताल भित्र मनपरी प्लाष्टिक जन्य बस्तुहरु तथा फोहरहरु फाल्न थालेको प्रति फरककोणले समाचार प्रकासित गरेको थियो । त्यसैको प्रभाव सरोकारवालहरु जुटेर छलफल गरि समिति निर्माण गरेका हुन ।
यो पनि पढ्नुहोस : संरक्षण र सरसफाइलका लागि अपिल गरि रहेको रजौराको कमलपोखरी