तुलसीपुर, माघ ३० । तुलसीपुर उपमहानगरपालिका – ६ स्थित रजौरा ताल (कमल पोखरी)मा फोहर हुन थालेको छ । त्यो ताल निरीक्षण र भ्रमणका लागि जानेहरुले नै त्यहाँ मनपरी प्लाष्टिक जन्य फोहरहरु फाल्दै आएका छन् ।
तारको वरिपरी अग्लो पर्खाल छ । गेटपनि छ । तर, तालको रेखदेख र संरक्षण गर्ने कोही छैन ।
ताल निरीक्षणका लागि जाने विद्यार्थी र किशोरा अवस्थाका ब्यक्तिहरुले नै यहाँ मनपरी फोहर गरि रहेका छन् ।
त्यसो गर्नु हुन्न भनेर संझाउने वा रोक्ने निकाय भने कोही पनि छैन । त्यसैले तालभित्र पानीका बोत्तल र पोलिथिन जन्य फोहरहरु बढ्दै गएको छ ।
तुलसीपुर बजारको सबै भन्दा नजिक र आकर्षक रुपमा निर्माण गरिएको यही एउटा ताल हो । यो निर्माणममा हालसम्म लुम्बिनी प्रदेश सरकार, तुलसीपुर उपमहानगरपालिका , यूएसएएआइडी लगाएत बिभिन्न निकायको गरि झन्डै दुई करोड १५ लाख हाराहारीमा खर्च भएको छ ।
यतिधेरै रकम खर्चेर निर्माण गरिएको तालको संरक्षणमा भने कतैवाट चासो ब्यक्त भएको देखिदैन ।
तालसको आसपामै बिद्यालय हुनु र खाजाको समयमा बिद्यालयका बिद्यार्थीका साथै अरु जो कोही पनि खुल्ला रुपले प्रबेश पाउनु, आँफुले किनेर लगेका चाउचाउ, बिष्कुट, पानीका बोत्तल लगाएत ती प्रयोगपछि तालभित्रै फाल्ने प्रबृतिका कारण ताल फोहर बन्दै गएको स्थानीयले गुनासो गर्दै आएका छन् ।
तयार नेपाल मार्फत अमेरिकी बिकास परियोजना यूएसएआइडीले यो ताल निर्माणमा रकम खर्च गर्नुको प्रमुख उदेश्य बिपदका लागि थियो । आगलागी लगाएतका बिपदको समयमा बजार नजिकको यो तालबाट पानी लैजान सहज होस र क्षति न्यूनिकरण गर्न सजिलोहोस भन्नु नै थियो ।
त्यसमा प्रदेश पर्यटन मन्त्रालयले बीचमा क्रंकिट भएपनि सुन्दर कमलको आकृति निर्माण गरि पर्यटक भित्र्रयाउने र आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले लगानी गरेको थियो ।
ताल भित्र कमलको आकृति बताउनुको कारण यस्को बिगतदेखिको पहिचान स्थापित गर्नका लागि थियो । कारण बिगतमा यो तालमा कमलहरु थुप्रै फूल्ने हुदा यस्को नाम कमलपोखरी रहन गएको थियो । त्यही बिगत र नाम स्थापित गर्ने उदेश्यले बीचमा क्रंकिट कमलको आकृति निर्माण गरिएको सरोकारवालाहरुले बताएका थिए ।
तुलसीपुर नगरले पनि यस्मा रबर बोटहरु चलाउने लक्ष्य लिएको छ । तर, ताल भित्र भइ रहेको सरफाइले ताल कुरुप बनाइ रहेको छ । तालको पर्खाल भित्र आसपासमा नगरले सुन्दर कमलपोखरीलाई थप सुन्दर तुल्याउन बिभिन्न प्रजातिका फूल र बोटविरुवाहरु पनि लगाएको छ । ती पनि हुर्किरहेका छन् । ती बोटहरु सुन्दर फूलहरु फूल्ने गरेपनि स्थानीय लगाएतले ती पनि आँफुखुसी चुँडेर लैजाने गरेका छन् ।
यी सबै गतिबिधिबाट आँफुलाई सुरक्षित राख्न वा आफ्नो सुन्दरतामा आँच आउन नदिनका लागि तालले मौन रुपमा बोलिएको छ ।
खासगरि आसपासका शैक्षिक संस्थाका साथै आम सर्वसाधारणलाई सरसफाइलका लागि अपिल गरि रहेको छ ।
तालको अवस्था बारे धेरै पटक धेरैले सूचना तथा समाचार प्रकासित गरेपनि उपमहानगरपालिकाका प्रमुखदेखि वडाध्यक्ष र ताल नजिकै बस्ने प्रमुख प्रशासकीय अधिकृत कसैको पनि यो ताल संरक्षणमा ध्यान पुग्न सकेको देखिदैन ।