२०८२ असार २४ गते बुधवार

काँग्रेस प्यूठानका सभापति गिरीले एमाले सांसद सुर्यबहदुर थापाको बिरोधमा किन उत्रिए ?

दाङ, फागुन ३ । नेपाली कांग्रेस प्युठानका सभापति विष्णु गिरीले आफ्नै जिल्लाबाट निर्वाचित नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाको विरोध गरेका छन् ।

काँग्रेस जिल्ला पार्टी सभापति विष्णु गिरीले विज्ञप्ति जारी गरि सांसद थापाको ब्यबहार र बोलिको बिरोध गरेका हुन ।

काँग्रेस जिल्ला सभापति गिरीले एमाले सांसद थापा माथि अनपेक्षित जीतको उन्मादमा फरक विचार राख्ने व्यक्ति र जनप्रतिनिधिलाई पदीय मर्यादाविपरित चरित्र पर्दशन गरेको तथा वहुदलीय सिद्धान्तलाई अनदेखा गरी निरन्तर असमावेशी स्वभाव पर्दशन गर्ने गरेको उल्लेख गरेका छन् ।


जनप्रतिनिधि गाउँ जाने वा आफ्ना मतदातालाइ भेट्ने र मतदाता सँग के बोल्ने भन्ने कुरा सूर्य थापासँग अनुमति लिनुपर्ने हो ? भन्ने प्रश्नपनि पार्टी सभापतिले गरेका छन् ।


काँग्रेस सभापति गिरीले गठवन्धनको गरिमालाई बिखण्डन गर्ने हेट स्पिच बन्द गर्न तथा जितको उम्माद नराख्न ध्यानाकर्षकण गराएका छन् ।

फागुन १ गते झिमरुक गाउँपालिका – ५ मा भएको नेपाल टेलिकमको टु जी र फोर जी विस्तारमा प्रतिनिधिसभा सदस्य थापा र लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले संयुक्त रुपमा उद्घाटन गर्ने भनेर लेखेको ब्यानर कार्यक्रम स्थलमा टाँस्न नदिएको , टेलिकमका कर्मचारीलाई थर्काएको, सरुवाको धम्कि दिने जस्ता अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्नुको साथै हेट स्पिच दिएको आरोप लगाइएको छ ।

त्यस्तै एमाले नेता समेत रहेका सांसद थापाले गत पुस ११ गते जिल्ला समन्वय समितिको सभामा समावेशी समानुपातिका प्रणालीको विरुद्ध अभिब्यक्ति दिएको, त्यो भन्दा पहिला कार्यक्रमस्थलमै पुगेर माइनुट च्याप्न लगाएको, काँग्रेसबाट प्रदेशमा मन्त्री भएका ब्यक्तिलाई इंगित गरि ‘क्याटवाक गर्दै हिडेर बिकास हुन्छ,’ भन्ने जस्ता अभिब्यक्ति दिएको दोषारोपन गरिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *