२०८१ चैत्र ९ गते शनिवार

टिप्परको हुटमा चढेका उनी , बिद्युत तारबाट करेन्ट लागेर भूइमा लडेपछि फेरि उठ्न सकेनन्

तुलसीपुर, फागुन १ । त्रिपाल हेर्नका लागि टिप्परको हुटमा चढेका एक जना सहचालकले आवश्यक सावधानी अपनाउन ध्यान नदिदा बिद्युतको तारबाट करेन्ट लाग्न पुग्दा मृत्यु भएको छ ।

सल्यानको कपुरकोट गाउँपालिका – १ का २१ बर्षीय सबिन घर्तीको बिहीबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरका अनुसार घर्ती रा १ ख १५६६ नम्बरका टिप्परका सहचालक थिए ।


बिहीबार दिउँसो ३ बजेर ५ मिनेट तिर तुलसीपुर उपमहानगरपालिका – १२ ग्वारखोलाको पुल नजिकैको क्रसर उद्योगमा बालुवा लिन गएको टिप्परको माथि त्रिपाल हेर्न भनेर उनी हुटमा चरेका थिए ।

सहचालक घर्ती हुटमा चढेको समयमा चालकले गाडी चलाउन सुरु गरि सकेको थिए ।

जब उनी टिप्परको अगाडिको हुटमा चढेर त्रिपाल छ्ट्योकि भनेर नियाल्दै थिए , त्यतिखेर उनले क्रसर उद्योगमा विद्युतिरकणको लागि तानिएको विद्युतको तार ख्याल गरेनन् । त्यही भएर हुटमै चढेको समयमा घर्ती क्रसर उद्योगका लागि तानिएको बिद्युत तारबाट करेन्ट लाग्न पुगेको थियो ।


सहचालक घर्ती एकाएक भूइमा लडेको देखेपछि बल्ल चालकले के भयो ? भनेर गाडी रोकेका थिए ।
करेन्ट झड्काले टिप्पर माथिबाट भूइमा बजारिएपछि सहचालक घर्ती गम्भीर घाइते भएका थिए ।

घर्तीलाई उद्धार गरि उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पु¥याइएको थियो ।
चिकत्कसले चेकजाँच पछि उनलाई मृत घोषणा गरेका थिए । चालकलाई प्रहरीले नियन्त्रण्मा लिएको छ ।


सहचालक घर्तीको शब पोष्टमार्टका लागि अस्पतालमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *