दाङ, फागुन १ । दाङको तुलसीपुरमा भरूवा बन्दुकको गोली हानेर सहोदर भाइको हत्या गर्ने नाबालकलाई अदालतले परिवारको जिम्मा लगाएको छ भने बाजे प्रहरी हिरासतमा छन् ।
तुलसीपुर उपमहानगरपालिका –३ ठूला सम्बाका १० वर्षपनि नपुगेका शिशिर केसीले बन्दुक चलाउँदा ८ बर्षीय भाइ भुवन केसीको घटनास्थलमै मृत्यु भएको थियो ।
घरमा अभिभावक कोही नभएको समयमा दाजु भाइ खेल्ने क्रममा घरदेखि १५ मिटर टाढा शिशिरले भाइ भुवनलाई कञ्चटमा गोली हानेपछि घटनास्थमलै मृत्यु भएको थियो । यो घटना माघ २६ गते बिहान ११ बजेतिर भएको थियो ।
त्यो भरुवा बन्दुक उनीहरुका हजुर बुवा ६२ बर्षीय भूवेन्द्र खत्रीले कालिज मार्ने भनेर लोड गरि राखेका थिए ।
हजुर वुवा लगाएत घरका अग्रज सदस्य कोही नभएको समयमा दुई दाजु भाइ बन्दुक लिएर खेल्दै थिए । त्यही क्रममा दाजुले भाइलाई अन्जानमै दाहिने कञ्चटमा गोली हान्न पुगेका थिए ।
आपसमा दाजु भाइ खेल्दै गर्दा दाजुले भाइलाई गोली हानि हत्या गरेपनि अबैध रुपमा भरुवा बन्दुक घरमा राखेको र त्यो लोड गरि राखेको आरोपमा हजुर बुवा दोषी ठहर भएका हुन ।
अदालतले सहोदर भाइलाई गोली हानी हत्या गरेपनि नाबालक शिशिरलाई परिवारको जिम्मा लगाउने निर्णय गरेको छ ।
यो घटनामा अबैध बन्दुक घरमा राखेको र कालिज मार्ने भनिएपनि लोड गरि घरमा राख्नु कानुन विपरित भएको भन्दै हजुर बाजे भूवेन्द्र खत्री भने प्रहरी हिरासतमा छन् ।
उनी माथि अबैध हातहतियार र कतब्र्य ज्यान सम्बन्धि मुद्दा चलाउने तयारीमा गरिएको एक प्रहरी अधिकारीले बताए ।