२०८१ चैत्र १२ गते मङ्गलवार

तुलसीपुरमा जन्मदिनमा तरवालले केक काट्नेहरु भागाभाग

तुलसीपुर, माघ ३० । तुलसीपुर उपमहानगरपालिका –७ का सञ्तोष भण्डारी (अर्काै चरी)ले पुस २९ गते साथी भाइका माझ तामझामका र धुमधाम पूर्वक आफ्नो जन्मउत्सव मनाए ।


शान्ति पार्क नजिकै घर भएका उनले जन्मदिन पार्ककै वनभोज खाने ठाउँमा मनाएका थिए । जस्ले २६ वटा केकहरु काटेका थिए । साथी भाइले ल्याइदिएका ती केक काट्न उनले ठूलो तलवार प्रयोग गरेका थिए ।

तलवारले एक पछि अर्कौ गर्दै २६ वटा केक काट्न प्रयोग गरिएको त्यही तलवारका कारण आज उनी समस्यामा परेका छन् ।

जन्मदिनको अवशरमा केक सामान्ने चक्कुले काट्न सकिने भएपनि आँफुलाई पर्दशन गर्न वा समाजमा रवाफ देखाउनका लागि तरवार प्रयोग गर्नुले प्रहरी प्रशासनले भण्डारीको खोजी गरेको हुँदा उनी समस्यामा परेका हुन ।


काठमाडौं प्रहरीले माघ महिनामा यसैगरि तलवारले केट काट्ने र ग्याङ स्टार बन्न खोज्ने केहीलाई काठमाडौंबाट नियन्त्रणमा लिएको थियो ।

सामाजिक सञ्जालहरुमा हिंसा देखिने खाले गतिविधि गरेको आरोपमा प्रहरीले आँफुलाई ग्याङ स्टार भन्न र आँफुलाई पर्दशन गर्न खोज्ने युवाहरु पक्राउ गरेपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले भण्डारी र उनको जन्मदिनमा सामेल युवाहरुको खोजी थालेको हो ।


इप्रका प्रमुख डिएसपी अनिल ठकुरीले समाजिक रुपमा हिंसा जन्य गतिविधि पर्दशन गर्ने सबै सजायका भागिदार बन्ने बताए ।
‘ प्रहरीले उनीहरु सबैलाई खोजी गरि रहेको छ,’ उनले भने ‘ हामी छिट्टै जन्मदिनमा तरवालले केक काट्नेहरुलाई नियन्त्रणमा लिने तयारीमा छौं ।’

प्रहरीले आँफुहरुको खोजी गरि रहेको सूचना लिक भएपछि तलवारले केक काट्न र त्यसमा सामेल युवाहरु भागाभाग गरेको पनि प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *