२०८२ साउन १ गते बिहिवार

मोतिपुरमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु

तुलसीपुर,माघ २७ । तुलसीपुरको मोतिपुरमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

तुलसीपुर–४ का वडा अध्यक्ष तुलसी थापाका अनुसार आज दिउँसो ३ बजेतिर ट्रकले लु.प्र.०२००१ प् २८६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तुलसीपुर–७ घुसरीका जंघु चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

घोराही–तुलसीपुर सडकखण्डको मोतिपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि बसेका चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक घाइते भएको उनले बताए ।

घटनापछि केहिबेर घोराही–तुलसीपुर सडक अवरुद्ध भएको थियो ।

अहिले भने उक्त सडक सुचारु भएको छ ।

घटना बारे थप अनुसन्धान भैरहेको छ ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *