२०८१ चैत्र १२ गते मङ्गलवार

सोझै बिज्ञलाई सोध्छु, यदि संभव रहेछ भने तुलसीपुरको एयरपोर्ट ठूलो बनाउन पहल गर्छु – शेरबहादुर देउवा

चखौरा, माघ २६ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दाङको तुलसीपुरस्थित टरिगाँउ एयरपोर्ट विस्तार गर्नका लागि पहल थाल्ने बताएका छन् ।

दाङको दंगीशरण गाउँपालिका – ३ चखौरामा शनिबार आयोजित अन्तर प्रदेशस्तरिय थारु सांस्कृतिक सम्मेलन तथा महोत्सव, मटावाँ, बडघर, भलमन्साहरुको अधिबेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले अब सोझै बिज्ञलाई सोधेर यदि बन्न संभव रहेछ भने तुलसीपुरको एयरपोर्ट बिस्ताल गर्न पहल गर्ने बताएका हुन ।

नेपाल पहाडी क्षेत्र भएको देश हुँदा छिटो छरितो यात्राका लागि हवाइ सेवाको बिकास महत्वपूर्ण रहेको भन्दै काँग्रेस सभापति देउवाले अब आँफुे सिधै बिषेशज्ञ संग कुरा गर्ने बताएका हुन ।

‘ म अब सिधै बिषेशज्ञ संग कुरा गर्ने छु,’ उनले भने ‘यदि हुन सक्ने रहेछ भने तुलसीपुरको एयरपोर्टलाई ठूलो र राम्रो एयरपोट बनाउन पहल गर्ने छु ।’

त्यस्तै उनले लुम्बिनी प्रदेशको मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भइ सकेको हुँदा साशन थारुकै हातमा आएको प्रमाण भएको बताएका थिए ।


थारुहरुको हातमा साशन सत्तासमेत आइ सकेको हूँदा आफ्नो ठाउँलाई आँफै बनाउन सक्ने क्षमतापनि राख्न उनले आग्रह गरे । थारु जाति मौलिक कला संस्कृतिमा धनि रहेको भन्दै आफ्नो संस्कृति बचाउनका लागि अझैं अगाडि बढ्न सुझाए ।

अझैंपनि थारु समुदाय शिक्षाको क्षेत्र होस वा सीपको क्षेत्रमा पछाडि रहेको भन्दै काँग्रेस सभापति देउवाले थप ज्ञान हासिल गर्न थप पढ्ने लेख्न कुरामा ध्यान दिन आग्रह गरेका थिए ।

देउवालले थारु समुदाय आफ्नो खुट्टामा उभिने र आफ्नो संस्कृति संरक्षण गर्दै अगाडि बढ्न आग्रह गरेका थिए ।

उनीअघिका अधिकाँस बक्ताले थारु लगायत जनजातिले बनाउने परम्परागत मदिराको कुरा गरेको हुँदा काँग्रेस सभापति देउवाले सार्वजनिक रुपमा मदिराको कुरा गर्नु गलत भएपनि जनजातिका उत्पादन र मदिरा ब्राण्डिन गर्नुपर्ने कुरा गर्दै गर्दा गुणस्तर र मापण्दण्डपनि पुरा गरेको हुनुपर्ने बताएका थिए ।

ब्राण्डिङ गर्न चाहाने हो भने थारु लगाएत जनजातिले उत्पादन गर्ने मदिरा कुनैपनि दृष्टिकोणले बिदेशवाट आउने मदिरा भन्दा मापदण्डमा कमजोर हुन नहुने सुझाएका थिए ।


गुणस्तरिय मदिरा उत्पादन भए ब्राण्डिङ गरि त्यसबाट स्थानीयले आर्थिक आर्जन गर्न सक्ने वा थप रोजगारी सृजना हुने कुरा सबै बक्ताले गरेको भएपनि रक्सीमा धेरै जोड गर्न नहुने सभापति देउवाले सुझाए ।

मटावाँ, बडघर, भलमन्सा महासंघका केन्द्रीय अध्यक्ष तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाई काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी, अर्का केन्द्रीय सदस्य गेहेन्द्र गिरी, केन्द्रीय सदस्य तथा पूर्व गृह राज्य मन्त्री देबेन्द्रराज कँडेल लगाएतले सम्बोधन गरेका थिए । त्यस्तै लुम्बिनीका उद्योग मन्त्री सरोज थापा, सामाजिक बिकास मन्त्री जन्यजय तिमिल्सिना, संस्कृति मन्त्री प्रचण्ड बिक्रम न्यौंपाने लगाएत सबै बक्ताले टरिगाँउ एयरपोर्टको बिस्तार, थारुको मदिरा ब्राण्डिङ गर्नुपर्ने कुराहरुमा जोड दिएका थिए ।

त्यस्तै काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुृन, तुलसीपुरका मेयर टीकाराम खड्का, थारु कल्यानकारिनीका केन्द्रीय अध्यक्ष प्रेमीलाल चौधरी, मटवाँ महासंघका जिल्ला अध्यक्ष चन्द्रप्रकाश चौधरी लगाएतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

कार्यक्रमको सहजीकरण वेशका निर्देशक चुर्ण चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ माघ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *