दाङ, माघ २५ । बर्दियामा चितुवाको आक्रमणबाट शुक्रबार एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको मधुवन नगरपालिका–७ की ५१ वर्षीया जुनाकुमारी लामिछानेको चितुवाले आक्रमणबाट मृत्यु भएको हो ।
लामिछानेलाई घर नजिकै नेपाल –भारत सीमानामा क्षेत्रमा बाख्रा चराउँदै गर्दा बिहान ११ बजेतिर चितुवाले आक्रमण गरेको थियो ।
चितुवाले आक्रमण गरेको देखेपछि स्थानीयले कराएका थिए । त्यसपछि चितुवा छोडेर भागेको थियो । स्थानीयले लामिछानेलाई जिल्ला अस्पताल गुलरिया पु¥याएका थिए ।
तत्कालै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी ऋषिराम घर्ती मगरका अनुसार यो घटनाबारे स्थानीयले प्रहरीलाई दिउँसो साढे १ बजेतिर मात्रै खबर गरेका थिए ।
प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार