तुलसीपुर, माघ २५ । तुलसीपुरमा स्कुल बसको ठक्करबाट चार जना घाइते भएका छन् ।
घाइते हुने सबै अटोमा सवार ब्यक्तिहरु हुन ।
चालक तुलसीपुर उपमहानगरपालिका – ३ का २८ बर्षीय सुमन बिक,अटोमा सवार सोही वडाकी ८० बर्षीया रत्नाकुमारी मल्ल, स्थानीय २८ बर्षीय गणेश गुरुङ, स्थानीय ४० बर्षीया भिमा केसी घाइते भएका छन् ।
घाइते सबैको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
उनीहरु सबैको हात खुट्टा र टाउकोमा चोट पटक रहेको छ ।
बिहान पौने १० बजेतिर तुलसीपुर – ९ चुलेसी – दमारगाँउबाट तुलसीपुर तर्फ आँउदै गरेको रा १ ह ४३६६ नं. को अटोलाई तुलसीपुर – ३ दमारगाँउको यूनाइटेड एकेडेमी बोडिङ स्कुलको बिद्यार्थी बोकेको रा १ क ६९० नम्बरको बसले ठक्कर दिएको थियो ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भएको थियो । अटोचालकलाई थप उपचारका लागि घोराही रिफर गरिएको छ ।