दाङ, माघ २५ । लुम्बिनी प्रदेशसभाले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा बैठकमा बिशेष सम्वोधनका लागि लिखित रुपमा निम्ता पठाइएको छ ।
फागुन ५ गते सोमबार प्रदेशसभाको बैठकमा बिशेष सम्वोधनका लागि प्रधानमन्त्री ओलीलाई इमले मार्फत प्रदेशसभाले निम्तो पठाएको हो ।
लुम्बिनीका सभामुख तुलाराम घर्ती मगरले प्रधानमन्त्री ओलीलाई बिशेष सम्वोधनका लागि निम्तो पठाइका हुन ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य बाट शुक्रबार बिहान सभामुखले प्रधानमन्त्रीलाई लेखिएको निमन्त्रणा पत्र बुझेका थिए ।
लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम ९२० बमोजिम निमन्त्रणा गरिएको छ ।
फागुन ५ गते प्रदेशसभाको बैठकलाई बिशेष सम्वोधन पछि प्रभानमन्त्री ओली घोराहीमा आयोजना गरिएको सभालाई सम्वोधन गर्न आउने नेकपा एमालेका एक नेताले जानकारी दिए ।
फागुन ६ गते प्रधानमन्त्री ओली राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ ।