२०८३ असार २७ गते शनिवार

मजदुरको हत्या आरोपमा घरबेटी पक्राउ


दाङ, माघ २५ । पाल्पामा घरबेटीले आफ्नै घरको कोठा भाडामा बस्दै आएका मजदुरको हत्या गरेको खुलेको छ ।


जिल्लाको तानसेन नगरपालिका –१४ साँचामा ३१ वर्षीय घर बेटी माधव विaष्ट भाडामा बस्ने ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्या आरोपमा पक्राउ परेका छन् ।

हत्या गरिएका बुढाथोकी रिव्दीकोट–१ जोगीथुमका बासिन्दा हुन । उनी बिष्टको घरमा बिगत ५ महिना यता बस्दै आएका थिए ।


पाल्पाका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले मदिराले मातेका घर भेटी बिष्टले घरभाडा माग्दा भएको बिबादका कारण हँसिया प्रहार गरि बुढाथोकीको हत्या गरेको खुलेको जानकारी दिएका छन् ।

ज्याला मजदुरीको काम गर्दै आएका बुढाथोकी माघ २३ गते बिहान ८ बजेतिर डेराको कोठामा मृत अवस्थामा भेटिएका थिए ।

बुढाथोकीको नाक, निधार, मुख र सुतेको खाटमा समेत रगतहरु देखिएपछि प्रहरी अनुसन्धान अगाडि बढाएको थियो ।
उनको हँसिया प्रहार गरि हत्या भएको खुलेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *