तुलसीपुर, माघ १९ । नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीले संविधानमा उल्लेख भएको वडा स्तरिय वडा कपको व्यवस्था कार्यान्वयन भएको बताएकी छन् ।
तुलसीपुर – ६ वडा कार्यालयको आयोजनामा शनिबारदेखि सुरु प्रथम वडा स्तरिय फुटबल प्रतियोगिता उद्घाटनलाई सम्बोधन गदै पूर्व राष्ट्रियसभा सदस्यसमेत रहेकी नेतृ वलीले संविधानमा उल्लेख भए अनुसार वडा कप स्थानीय सरकारको एकल अधिकार भएको बताइन ।
स्थानीय तहबाटै खेलकुदको बिकासमा महत्वपूर्ण टेवा पुग्ने भन्दै उनले भविश्यमा राष्ट्रिय खेलाडी उत्पादनमा थप लगानी गर्न जरुरी रहेको बताइन ।
‘ आज नेपाल अन्तराष्ट्रिय क्रिकेट खेलकुदको हब बन्दै गरेको अवस्था हो,’ उनले भनिन् ‘ नेपाल यो अवस्थामा आउन एकै पटक संभव भएको होइन यस्ता थुप्रै प्रतियोगिताहरु बाटै खेलाडी उत्पादन भएका हुन ।’
दाङमा अन्तराष्ट्रिय स्तरका खेलकुदहरुको आयोजना हुन जरुरी रहेको भन्दै त्यसका लागि सरकारका सबै निकायहरुका बीचमा राम्रो समन्वय आवश्यक रहेको बताइन ।
कार्यक्रममा तुलसीपुरकी उपमेयर स्यानी चौधरी, तुलसीपुरका पूर्व मेयर घनश्याम पाण्डे , नेपाली काँग्रेसकी नेतृ तथा महिला अधिकारकर्मी सुष्मा लामिछाने लगायतका बक्ताले खेलको महत्वका बारेमा प्रकाश पारेका थिए ।
तुलसीपुर –६ का वडाध्यक्ष दुजमान भण्डारीकोको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कर्मचारी नानिमैया केसी वलीले गरेकी थिइन ।