२०८२ कार्तिक २९ गते शनिवार

संविधानले परिकल्पना गरेका लक्ष्यहरु प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हो – मुख्यमन्त्री आचार्य

देउखुरी, माघ १६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधानले परिकल्पना गरेका लक्ष्यहरू प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका हुन ।

सहिद दिवसको अवसरमा सन्देश जारी गर्दै उनले राजनीतिक तथा सामाजिक परिवर्तनका आदर्श सहिदका सपना पूरा गर्नु सबै तहका सरकारहरूको मुख्य जिम्मेवारी भित्र पर्ने उल्लेख गरेका छन् ।

संघर्ष र आन्दोलनका माध्यमबाट प्राप्त उपलब्धिको उपयोग र रक्षा गर्दै थप उपलब्धि हासिल गर्न आम नागरिक समाज, राजनीतिक दललगायत सबैको साझा दायित्व बन्नुपर्ने बताएका छन् ।

सुशासन, जवाफदेहिता र दिगो विकासविना राष्ट्रिय लक्ष्य भेट्न कठिन रहेको भन्दै सबै राजनीतिक दल र आम जनताले सरकारसँग हातेमालो, साझेदारी र सहकार्य गर्न आह्वान गरेका छन् ।

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *