२०८१ फाल्गुन ७ गते बुधवार

काँग्रेस सभापतिको नेतृत्वमा सरकार बन्नु पर्थ्यो,केपी नेतृत्वको सरकार अबैध हो –प्रचण्ड

तुलसीपुर, माघ ११ । नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकार अबैध बताएका छन् ।

शुक्रबार तुलसीपुरको अरनिको मैदानमा पार्टीले आयोजना गरिेको जिल्ला स्तरिय बिरोध सभा र तुलसीपुर नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको सरकार असैंबैधानिक, अबैधानिक र गैरकानुनी रहेको आरोप लगाए ।

संविधानमा प्रष्ट संग भइ रहेको प्रधानमन्त्रीले विश्वासको मत लिन सकेन भने अर्कौ सरकार बन्ने बारेमा त्यहाँ यदी वा तर केही पनि नभएपनि सिधै संविधानको ७६ (३) अनुसार सबभन्दा ठूलो दलको नेतृत्वमा सरकार बनाउन राष्ट्रपतिले आह्वान गर्ने ब्यबस्था रहेको कुरा गरे ।

‘मैले विश्वासको मत लिने र भोटिङमा लगे प्रतिनिधिसभालाई । त्यो मैले जानी बुझी लगेको थिए । यो गठबन्धन, अबैध, अप्राकृतिक , अपारदर्सी गठबन्धनका विरुद्ध एउटा क्षत्याप्स हान्ने उदेश्यले मैले सदनलाई भोटिङमा लगेको थिए,’ प्रचण्डले भने ‘ आँफु ३२ सिटको नेता भएको तथा काँग्रेस र एमालेको समर्थन विना बहुमत पाउँदिन भन्ने क्लियर हुँदा हुँदै राष्ट्रको हितमा लोकतन्त्रको हितमा आँफुले सदनलाई भोटिङमा लैजानुको ताप्पर्य बैधानिक सरकार बनोस भन्ने उदेश्य रहेको थियो ।’


तर, अहिलेको सरकार त्यो अनुसार गठन भएन त्यसैले यो सरकार जनविरोधि, गैरकानुनी र अवैध सरकार हो भन्ने कुरा आँफुले देश भरका बिरोधसभाहरुमा दाबीका साथ भन्दै आएको अध्यक्ष प्रचण्डले बताए ।

‘ मैले भनेको त्यो बाटो साफ थियो । नेपाली काँग्रेसका सभापतिको नेतृत्वमा सरकार बन्नु पर्नेमा केही आतंकमा परेका नेताहरुले संविधान मिचे,’ प्रचण्डले भने ‘राष्ट्रपति संविधानको ७६ को (३) मै जान चाहेको भएपनि महाअभियोगको डर देखाएर तर्साएर ७६ को (२) अनुसार सरकार गठन गरियो ।’

आँफु प्रधानमन्त्री छँदा राष्ट्रपति रामचन्द्र पौडेललाई संविधानको रक्षा गर्ने दायित्व अनुसारको भूमिका निवार्ह गर्न आग्रह गर्दा राष्ट्रपतिले आँफुलाई संविधान मिच्न नदिने वचन दिएपनि महाअभियोगको गैरसंवैधानिक सरकार गठन गर्न राष्ट्रपतिलाई त्रास देखाइएको कुरा आँफुले थाहाँ पाएको प्रचण्डले बताए ।

‘ अहिलेको राष्ट्रपति बनेकै मेरै कारणले हो, उहाँ माओबादी केन्द्रकै कारणले राष्ट्रपति बन्नु भएको हो । माओबादी केन्द्र हुँदैन थियो भने रामचन्द्र पौडेल राष्ट्रपति बन्न संभव नै थिएन,’ प्रचण्डले भने । त्यो नाताले पनि आँफुलाई राष्ट्रपति प्रति विश्वास रहेको र राष्ट्रपति आँफु प्रधानमन्त्री छँदा पोजेटिभ रहेको प्रचण्डले बताए ।

‘उहाँले तपाँइ ढुक्क रहनुहोस म संविधान मिच्न दिन्न भनेर मलाई भन्नु भएको थियो,’ प्रचण्डले भने ‘ तर, मैले काँग्रेस र एमालेका नेताहरुबाट सुनेको, तर राष्ट्रपतिजीले भलाई भनेको होइन है यो कुरा । राष्ट्रपतिजीले संविधान मिच्न नचाहेपछि त एमाले नेतृत्वको सरकार बन्ने भएन । काँग्रेस – एमाले गठनन्धन बन्ने भएन । त्यसपछि गएर उहाँहरुले राष्ट्रपतिलाई ७६(२) मा नगए महाअभियोग लगाइदिने चेतावनी दिएपछि राष्ट्रपतिजी धर्मसंकटमा पर्नु भएको हो ।’

उनले संसारमा कतैपनि संसदका दुई ठूला दल मिलेर सरकार गठनको अभ्यास नरहेको बताए । माओबादी आँफु ३२ सिटे हुँदा काँग्रेस र एमाले जस्ता हात्ती पार्टीलाई घुमाएको तथा उनीहरुका गलत गर्ने नेताहरु माथि कारबाहीको डण्डा चलाउँदै गएपछि आफ्नो पालोपनि आउन सक्ने डरका कारण केहीलाई सैह्य नभएपछि आँफु विरुद्ध माओबादी विरुद्ध षडेन्त्र भएको प्रचण्डले बताएका थिए । त्यही डरका कारण मध्य रातमा दलाल, पूजीपति र बिचौलियाको भरमा अहिलेको सरकार गठन भएको प्रचण्डले आरोप लगाएका थिए । सुशासनका पक्षमा कुरा गर्दै गर्दा , मानवतस्करका विरुद्धमा कारबाही चलाउँदा, गिरि बन्धु टिस्टेट, ललिता निवासका बारेमा कारबाही गर्दै गर्दा आँफुहरु माथि षडेन्त्र भएको प्रचण्डको आरोप थियो ।


उनले आँफुले नियुक्त गरेका र राम्रो काम गरि रहेका विद्युत प्राधिकरणका कुलमान घिसिङ विरुद्ध भइ षडेन्त्र भइ रहेको भन्दै रोष प्रकट गरे ।

त्यस्तै उनले संवैधानिक परिषदमा माओबादीको बहुमत रहेकोमा केपी ओलीलाई रातमा निन्द्रा र दिनमा भोक लाग्न छोडेपछि इन्दिरा रानालाई एउटा सानो टेक्निल कुराको तिलको पहाड बनाएर फाल्न खोजेपनि काँग्रेस लगाएतको विरोध पछि केही सीप नलागेर ओली ब्याक हुन बाध्य भएको प्रचण्डले बताएका थिए ।

झन्डै ४५ मिनेट मनतब्यमा खर्चिएका अध्यक्ष प्रचण्डले आफ्नो मनतब्यको अधिकाँस समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई तारो बनाएका थिए । आँफु दुई बीचमा को लोकतान्त्रिक हो ? भन्ने देखाउन जाजरकोटको भूकम्प पछि आँफु रातारात त्यहाँ पुगेको भएपनि केपी ओली काठमाडौं लगाएत मुलुकका बिभिन्न भागमा बाढी पहिरोले बित्तण्डा मच्चाउँदा कुनै अर्थहिन काममा युरोपमा डुलेर बसेको दोषारोपन गरेका थिए ।


एमालेले नेता भीमरावल लगाएतलाई कारबाही गरेको कुरा जोड्दै बोल्नेहरुलाई पेल्ने र सिध्याउने रणनीति लिएपनि आफ्नो पार्टीमा अन्यायमा परेकाहरुलाई न्याय गर्ने लोकतान्त्रिक पद्धति रहेको प्रचण्डले जिकिर गरे ।


मनतब्यको अन्त्यमा उनले आँफुले देशब्यापी रुपमा गरेका विरोधसभाहरु मध्य सबै भन्दा ठूलो मास दाङमा पाएको बताए ।
उनले विगतमा जनता र माओबादीका बीचमा दुरी बढेको भएपनि अहिलेको देश दौडाहले फेरि जनतासंगको सम्बन्ध मजबुत बन्दै गएको भन्दै आँफुलाई सच्चिने अवर दिन आग्रह गरेका थिए ।


‘ हामी गल्ती सुधार्छौं, हामी सच्चिन्छौं,’ उनले भने ‘ हामीलाई २०८४ मा २०७४को जस्तै माया गर्नुहोस ।’

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *