२०८२ कार्तिक ३० गते आइतवार

अमर खड्का १५ दिन पछि छुटे


तुलसीपुर , माघ ४ । नेकपा (बहुमत) दाङका सेक्रेटरी अमर खड्का थुनामुक्त भएका छन् । उनी बिहीबार थुनामुक्त भएका हुन । प्रहरीले जिल्ला सेक्रेटरी खड्कालाई पुस १७ गते पक्राउ गरेको थियो ।

सुदखोर र मिटर ब्याजीको आरोपमा घोराहीका एक दम्पत्तिसहित तीन जना माथि अभद्र ब्यबहार गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

गत असोज २९ गते र मंसिर ६ गते नेकपा बहुमतका कार्यकर्ताले मिटरव्याजीको भएको आरोपमा कालोमोसो दल्नेदेखि नाक काट्ने जस्ता कार्यहरु गरेका थिए । जस्लाई उनीहरु जिम्मा लिदै ‘जनकारवाही’ को संज्ञा दिएका थिए ।

दाङ इञ्चार्ज खड्का रिहा हुनसाथ उनको वागत गरिएको थियो । स्थानीय प्रशासनकै अगाडि मिटरब्याजी पीडित र पार्टीका नेता कार्यकर्ताले अभिर फूलमालाले स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी खड्काले मिटरव्याजी पीडितको न्यायको पक्षमा अनवरत रुपमा लडि रहने बताएका थिए । ‘ आम जनतामाथि यदि यस्तै अन्याय भइ रहन्छ भने हामी थप अरु जेल वा हिरासत बस्न तयार छौं,’ उनले भने ‘ राज्य संयत्र लाचार भइ रहने र फेरि हामीले कारबाही गर्नुपर्ने अवस्था सृजना नहोस ।’

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका राप्ती कमाण्ड इञ्चार्ज नरेन्द्र बिकसहितको टिमले जिल्ला सक्रेटरी खड्का हिरासतबाट मुक्त भएपछि अविर,माला, खादा लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०८१ माघ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *