दंगीशरण,पुस २७ । प्रथम दंगीशरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को सम्पुर्ण तयारी पुरा भएको छ ।
महोत्सव मुल समितीका सयोजक अजय बुढाथोकीका अनुसार पौष २८ देखि माघ ८ गतेसम्म दंगीशरण ६ को बागर ठन्डि बजारमा चल्ने ब्यापारीक महोत्सबको उद्घाटन दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले गर्ने जानकारी दिए ।
दंगीशरण गाउँपालिकाका पर्यटकीय स्थलहरुको प्रचार-प्रसारका लागि महोत्सव अयोजना गरीएको आयोजक फ्रेन्ड्स स्केट जोन प्रालिले जानकारी गराएको छ ।
१० दिनसम्म चल्ने महोत्सवमा चर्खे पिङ, बाल उधान, डुङ्गा ,स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति स्थानीय तथा अन्य ठाउँमा उत्पादित बस्तुहरु सहितको स्टलहरु रहने छ्न
मेलामा प्रबेश सुल्क १०० एक सय रुपैयाँ लाग्ने आयोजकले बताएको छ ।
स्थानीय स्तरमा संचालन हुन लागेको प्रथम महोत्सव सफल पार्न सवैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न र आइतबार देखि सुरु हुने महोत्सवमा उपस्थितिका लागि सबैमा आग्रह गरिएको आयोजक समितिले बताएको छ ।