२०८१ फाल्गुन ७ गते बुधवार

काँग्रेस नगर सभापति भएपछि तुलसीपुरमा सुरेश हमालले गरेको रचनात्मक कार्य

शुक्रबार ४२५ जेष्ट क्रियासिल सदस्य प्रत्येकलाई २ हजार माथिको सहयोग सामाग्री वितरण गर्यो

तुलसीपुर, पुस २६ । नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार चार सय २५ जना आफ्ना जेष्ठ क्रियासिल सदस्यलाई न्यानो कपडासहित सम्मान गरेको छ ।

काँग्रेस उपमहानगर सभापति सुरेश हमाल नेतृत्वको टिमले प्रत्येक जेष्ट नागरिकलाई २० हजार बढीको सामाग्रीसहित सम्मान गरेको हो ।


उपमहानगर भरका हरेक जेष्ट क्रियासिल सदस्यलाई प्रदान गरिएका सामाग्रीमा रुइको शिरक एक थान, एउटा ऊनीको टोपी, किचेनमा लगाउने न्यानो चप्पल, चेवन प्रास र साथमा क्रियासिल सदस्यताको प्रमानपत्र फ्रेममा राखेर प्रदान गरिएको थियो ।


तुलसीपुरका १९ वडाका बाट जेष्ट क्रियासिल सदस्य चार सय २५ जनालाई ती सामाग्री प्रदान गर्न काँग्रेस नगर कार्यसमितिले दश लाख बढी खर्च गरेको हो । त्यो सबै रकम कार्यसमितिका पदाधिकारीका साथै विदेशमा रहेका काँग्रेसमा आस्था राख्ने ब्यक्तिहरुको सहयोगबाट संकलन गरिएको नगर उपसभापति विनिल केसीले जानकारी दिए ।


हमाल नेतृत्वको टिम २०७८ असोज ९ गते निर्वाचित भएको थियो । त्यसपछि यो टिमले आपसमै सहयोग संकलन गरि तुलसीपुर – ६ स्थित दाङ क्षेत्र नं. ३ को पार्टीका कार्यालय परिशरमा झन्डै आधा करोड खर्चेर स्वरुप नै परिवर्तन गरेकोे थियो । त्यहाँ आकर्षक सभाहल निर्माण गरिएको छ । पछिल्लो समय पार्टीका कार्यहरु सोही सभाहलमा हुँदै आएका छन् ।

त्यो सभाहल निर्माण गर्नका लागि नगर पदाधिकारीदेखि सबैले लाखौं रकम संकलन गरेका थिए भने काँग्रेसमा आस्था राख्ने विदेशमा बस्ने संगठित सदस्य संगपनि स्वच्छिक सहयोग मागिएको थियो ।


नगरसभापति भएपछि हमालले पार्टीका संस्थापक नेतादेखि जिल्लाका शिर्ष नेताहरुको क्षेत्रीय पार्टी कार्यालयको प्राङगणमा पहिलो पटक शालिक निर्माण गरि स्थापना गरेका थिए ।
पार्टीका कार्यालयमा पार्टीको योगदान गर्ने शिर्ष नेताहरुको शालिक देख्नेहरु धेरैले आस्थाले शिर निहुरायले सम्मान ब्यक्त गर्दै आएका छन् ।

नगर सभापति हमाल नेतृत्वको टिम तुलसीपुरमा आएपछि तुलसीपुरमा काँग्रेसको चलायमान भएको जेष्ट क्रियाशिल सदस्यहरुले बताएका छन् । शुक्रबारको कार्यक्रमले आँफुहरुका उत्साह थपेको धेरै जेष्ट क्रियाशिल सदस्यहरुले बताएका थिए ।

‘हरेक जेष्ट नागरिकलाई २० हजार बढीको सामाग्री प्रदान गर्नुका साथै खाजापनि खुवाइनु चानचुने कुरा थिएन,’ नेत्रमणि शर्माले भने ‘ मैले पचास बर्ष बिताउँदा हमाल नेतृत्वको टिमले दिएको जस्तो सम्मान अग्रजलाई दिएको कहिलै पाएको देखिन।’

जेष्ट नागरिकलाई वितरण गर्ने सामाग्रीको तुलसीपुरस्थित पार्टी कार्यालयमा एउटा सपिङ मलमा जस्तै ठूलो चाङ (पहाड) नै खडा भएको देखेर आँफु चकित परेको उनले प्रतिक्रिया दिएका थिए ।
तुलसीपुर – १ छोटेका धरमबहादुर पाण्डेले जीवनमा नगर पार्टीले गरेको जस्तो सम्मान अहिले सम्म कहिलै नपाएको बताए ।


अब आउने चुनावमा आपसमा खुट्टा तानातान गरेर होइन एक जुट भएर अगाडि बढ्नु पर्ने उनको सुझाव थियो ।
तछाँड मछाड गर्दै हैन, एक जुट भएर गए पार्टी फष्टाउँदै जाने र त्यसले अब आउने चुनावबाट एकलौटी सरकार बनाउन सजिलो हुने उनले बताएका थिए ।

सम्मानित हुने मध्यका तुलसीपुर – ११ बेलगनारका महेन्द्रराज रेग्मीले जीवनमै पहिलो पटक नेपाली काँग्रेस भएको महसुश गर्न पाएको बताए । पाँच दशक बढी जीवन काँग्रेसमा बाँचेपनि पहिलो पटक तुलसीपुर नगरले क्रियाशिल सदस्यताको प्रमाण पत्र लेमिनेसन गरि दिनुका साथै शिरक, जुत्ता, टोपी, चेवन प्रास लगाएका सामान सम्मान स्वरुप प्रदान गर्दा फरक अनुभूति भएको उनले बताएका थिए ।

सम्मान ग्रहण गर्न कार्यक्रममा आउन नपाएपनि घरमै आफ्नो जेष्ट नागरिक क्रियाशिल सदस्यताको प्रमाणपत्रको फ्रेमसहित न्यानो कपडा र खानेकुराको उपहारहरु पठाइ दिने हमाल नेतृत्वको टिमको कार्यले मन जितेको तुलसीपुर – १० बन्गैका ८३ बर्षीय भूपबहादुर खड्काले फोनमा प्रतिक्रिया दिए ।


पहिलो पटक जीवन भर काँग्रेस भएर निष्ठापूर्वक गरेको योगदानको पार्टीले सम्मान ब्यक्त गरेको अनुभूति भएको उनले साटेका थिए ।

जेष्ट नागरिक सम्मान तथा सामाग्री वितरण कार्यक्रमलाई काँग्रेस केन्द्रीय सदस्य दीपक गिरी, अर्का केन्द्रीय सदस्य गेहेन्द्र गिरी, जिल्ला पार्टी सभापति शंकर डाँगी लगाएतका बक्ताहरुले काँग्रेस तुलसीपुर नगरले गरेका सिर्जनशिल कार्यहरुले काँग्रेस जनमा उत्साह थपेको हुँदा त्यसको शिको अनेत्रपनि हुनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २०८१ पुष २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *