तुलसीपुर, पुस २६ । तुलसीपुर उपमहानगरपालिका—३ दमारगाउका बेद प्रसाद वली नेपाली कांग्रेस तुलसीपुरको कार्यालय प्रवेशद्धारमा एउटा ठुलो गुण्टो छेउमा अड्याएर सम्मानपत्र नियाली रहेका थिए ।
उमेरले ८८ नाघेका वली खाली आंखाले सम्मानपत्र नियालीरहेका थिए । बृद्ध आंखाले मुस्कीलले सम्मानपत्रका शब्द फुकाली रहेका थिए ।
‘आज मलाइ यो फाइवरको सिरकको गुण्टो भन्दा यो सम्मानपत्र न्यानो लागीरहेको छ, सिरक त धेरै फटालियो, सम्मानपत्र फटाल्न पाएको थिएन’, नेपाली कांग्रेस तुलसीपुर नगर समितिले दिएको सम्मानपत्र र सिरकको गुण्टो देखाउदै वलीले भने ।
त्यसो त ८८ बर्षिय वली यस अघि कहिल्यै कांग्रेसको तुलसीपुरस्थीत कार्यालय आएका थिएनन् । नेपाली कांग्रेसको नगर कार्यालय पनि छ भन्ने आफुले जानकारीनै नपाएको र यस अघि कुनैपनि कार्याक्रममा यहां नबोलाइएको पनि उनले बताए ।
‘यति राम्रो कार्यालयमा बोलाएर न्यानो कपडा सहित यो सम्मानपत्र दिएकोमा मैले नगर सभापति शुरेश हमाललाइ धन्यवाद दिन चाहन्छु’, ती ८८ बर्षिय बृद्धले भने ।
त्यही भिडमा देखिए तुलसीपुर उपमहानगरपालिका—१९ छिल्लीकोटका स्थानियबासी थर्कवीर वली । नेपाली कांग्रेस नगर समितिले तुलसीपुरमा न्यानो कपडा सहित सम्मान गर्दै छ भन्ने कांग्रेसको वडा समितिले भनेपछि उनी शुक्रवार एका विहानै तुलसीपुर आइपुगे ।
वडाका ज्येष्ठ नागरीकहरुलाइ तुलसीपुर पार्टि कार्यालयसम्म लैजान र ल्याउन वडा कांग्रेस समितिले बस सेवाको व्यवस्थापन गरेको उनले बताए ।
‘म पहिलो पटक यो कार्यालय कुचें अनि न्यानो कपडा सहितको यो सम्मान पनि लिएं, पार्टिले आफुहरुजस्ता पितृ परेका बुढाबुढिलाइ पनि सम्मान गर्दो रहेछ भनेर म निकै खुसी भएको छु’, कांग्रेस ज्येष्ठ क्रियाशिल सदस्य थर्कवीरले भने ।
राणा शासन, पन्चायती व्यवस्था देखि तात्कालिन माओवादी शशस्त्र द्धन्द्धको सामना गर्नै उनी यो उमेर सम्म सधै कांग्रेस भएर बांच्न र बचाउन सके । उमेरले उनी एकासी बर्ष पुगे, तर कांग्रेसको पछिल्लो क्रियाशिलताले उनलाइ यो बुढ्यौलीमा पनि हौस्याएको छ ।
‘बुढाका कुरा पनि सुन्नुपर्छ कांग्रेसले, पाकाले भोगेका अनुभव पनि ग्रहण गर्नुपर्छ कांग्रेसले’, उनले कांग्रेस नेतृत्वलाइ भने । थर्कवीर तात्कालिन माओवादीको शशस्त्र द्धन्द्धकालमा पनि छिल्लीकोट छाडेनन्, । द्धन्द्धसित उनी कहिल्यै थर्केनन् पनी ।
तुलसीपुर उपमहानगरपालिका—१९ स्यालापानीकि स्थानिय मैसरी सुनारको चेहरामा पनि मन्द मुस्कान थियो । फाइवरको सिरक, न्यानो शल, टोपि, एक डिव्वा च्यावनप्रास र न्यानो किचनमा लगाउने जुत्ता बोकेर उनी नेपाली कांग्रेस तुलसीपुरको कार्यालय प्रांगणमा अवेरसम्म बसिरहिन् ।
‘कार्यक्रम सकेर जाउला भनेर कुरीरहेका छौं, यो पार्टिले दिएको नासोलाइ सवैले सम्मान गर्ने छौं’, मैसरीले भनिन् । मैसरी पनि तुलसीपुरमा कांग्रेस कार्यालय छ भनेर पहिलो पटक थाहा पाएको बताइन् ।
उनी आफुले सम्मान पत्र पढ्न नजाने पनि गाउका युवालाइ पढ्न लगाएर सम्मानपत्रमा लेखिएको भाषा बुझिन् र आयोजक नेपाली कांग्रेस तुलसीपुरलाइ धन्यवाद दिइन् । पार्टिले न्येष्ठ नागरीकलाइ पनि पार्टिप्रति लागिरहने बनाउन नमर्दासम्म घच्घच्याइ राख्नुपर्ने पनि मैसरीको सुझाव थियो ।
मैसरी, वेदप्रसाद र थर्कवीर जस्ता ४ सय २५ ज्येष्ठ क्रियाशिल सदस्यहरु यसरीनै सम्मानित भए । उनीहरुलाइ नेपाली कांग्रेस तुलसीपुरले एकएक जोर न्यानो जुत्ता, एकएक थान फाइवर शिरक, एकएक डव्वा च्यावनप्रास, एउटा एउटा टोपि र सल सहित कदरपत्रले सम्मान गरेको छ ।
‘पार्टिका अग्रजहरुलाइ सम्मान गर्न र पुर्नजागरणको सन्देश दिन नेपाली कांग्रेस तुलसीपुरको सामाजिक उत्तरदायित्वको अभियान अन्तर्गत ज्येष्ठ क्रियाशिल सदस्य सम्मानको कार्यक्रम राखेका हौं, यो सहभागिताले हामीलाइ थप हौस्याएको छ’, नेपाली कांग्रेस तुलसीपुर नगरसभापति शुरेश हमालले गोरक्षलाइ भने ।
कांग्रेस नगर समितिकै पहलमा विभिन्न सहयोगी दाताहरुको सहयोगमा कम्तिमा चार सय ज्येष्ठ क्रियाशिल सदस्यहरुलाइ सम्मान गर्ने चांजोपाजो मिलाइएको थियो ।
यसका लागी हरेक वडा समितिबाट ज्येष्ठ क्रियाशिल सदस्यहरुको संख्या माग गरिएको थियो । ज्येष्ठ क्रियाशिल सदस्यको उमेर ७० बर्ष भन्दा माथि तोकिएको नेपाली कांग्रेस तुलसीपुर नगरसमितिले जनाएको छ ।
ज्येष्ठ सदस्यहरुलाइ कार्यालयसम्म ल्याउने र लैजाने व्यवस्थापन संबन्धित वडा समितिहरुले गरेका थिए ।
नेपाली कांग्रेस केन्द्रिय सदस्य, निर्वाचन क्षेत्र नं ३ का सांसद तथा पुर्वमन्त्री समेत रहेका नेता दिपक गिरीको प्रमुख आतिथ्यमा भएको ज्येष्ठ नागरीक सम्मान कार्यक्रममा अर्का केन्द्रिय सदस्य गेहेन्द्र गिरी, नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डांगी, उपसभापति कमानसिंह भारती, क्षेत्रीय सभापतिहरु, कांग्रेस नेतागण, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला समितिका पदाधिकारीहरु, भ्रात्रिसंस्थाका पदाधिकारीहरु, सुभेच्छुक संस्थाका प्रतिनिधि तथा पदाधिकारीहरु लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य दिपक गिरीले ज्येष्ठ नागरीक राज्यका गहना भएको भन्दै नेपाली कांग्रेसले हरेक क्षेत्रमा ज्येष्ठ नागरीकलाइ सम्मान गर्ने बताए ।
‘ज्येष्ठ नागरीकहरु मुलुकका गहना हुन्, कांग्रेसलाइ यहां सम्म ल्याउन उहांहरुले गरेको योगदानको मैले उच्च मुल्यांकन गर्न चाहन्छु’, गिरीले भने । साथै यसको व्यवस्थापन गर्ने नेपाली कांग्रेस तुलसीपुरलाइ पनि विशेष धन्यवाद दिए ।
सोहि अवसरमा बोल्दै उनले अहिले मुलुक विकराल अवस्थामा पुगेको भन्दै सवैलाइ एकवद्ध भएर पार्टिलाइ क्रियाशिल बनाउन पनि आग्रह गरे ।
अहिले सामाजिक सन्जालमा आम नागरीकलाइ झुक्याउने खालका अभिव्यक्तिहरु सार्वजनिक भैरहेकाले त्यसमा सजग र सचेत रहन पनि आम नेता कार्यकर्ताहरुलाइ आग्रह गरे ।
त्यसै अवसरमा अर्का केन्द्रिय सदस्य तथा केन्द्रिय सदस्य गेहेन्द्र गिरीले ज्येष्ठ नागरीकलाइ सम्मान गरेर नुलसीपुर कांग्रेसले रचनात्मक काम गरेको अभिव्यक्ति दिए । साथै यसलाइ अन्य पालिका र भ्रात्रिसंस्था एवं सुभेच्छुक संस्थाहरुले पनि अनुशरण गर्न आग्रह गरे ।
सो अवसरमा नेपाली कांग्रेसका जिल्ला सभापति शंकर प्रसाद डांगिले कांग्रेसलाइ बचाउन ज्येष्ठ नागरीकहरुको महत्वपुर्ण योगदान गरेको भन्दै उहांहरुलाइ सम्मान गरेकोमा तुलसीपुर नगर समितिलाइ धन्यवाद दिए ।
साथै यो अभियानलाइ अन्य पालिकाले पनि अनुशरण गर्ने बताए । सो अवसरमा यो अभियानलाइ सफल बनाउन सहयोग गर्ने उद्योगी व्यवसायी, राजनितिककर्मि एवं सन्चारकर्मिहरुलाइ पनि सम्मान गरिएको थियो ।
कांग्रेस तुलसीपुर नगरसभापति शुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपसभापति विनिल केसीले व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण नगर समितिका सचिव विमल पौडेलले गरेका थिए ।

यी जेष्ठ नागरिक जसले नेपाली कांग्रेस प्रति आशा जगाए,युवा पंक्तिलाई गोरेटो देखाए,समाज प्रति स्वस्फुर्त सेवा भावना प्रेरित बनाए , अन्याय बिरुद्ध आवाज उठाउने हिम्मत जुटाए ,र नेपाली कांग्रेस हु भनेर गर्वको महसु गर्ने थिती बसाले ,जेष्ठ नागरिक मात्रै बस्ने पार्टी भनेर युवाहरुलाई भड्काउने बामपन्थी पार्टीहरु प्रति पनि यो सम्मान कार्यक्रमले अन्य पार्टीहरुलाई सबक पैदा गराएको छ ! ,नेता जुनसुकै बनोस तर पार्टीलाई चलाउन वा गतिशिल बनाउन सकोस ,युवाहरुलाई मेरा बा ,बाजेहरुले जन्माएको ,हुर्काएको र प्रजातन्त्र के हो भन्ने आभाष दिलाइ दिएको छ!अझै गुट ,उपगुट नजन्मोस! एकता पार्टीको मुल लक्ष्य बनोस!